अझै ३५ बर्षसम्म एमाओवादीको हैकम चल्छ : सभापति कोइराला

काठमाण्डु टुडे २०७० भदौ ११ गते ११:४३ मा प्रकाशित

sushilकाठमाण्डु, ११ भदौ–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अझै तीन दशकभन्दा बढी एकीकृत नेकपा माओवादी नै ठूलो पार्टी हुने भविष्यवाणी गरेका छन् । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको १८ औं स्मृति दिवसको अवसरमा मंगलबार काठमाण्डुमा भएको कार्यक्रममा उनले यस्तो भविष्यवाणी गरेका हुन् ।

‘अबको चुनावमा काँग्रेस एक ढिक्का नभए आगामी ३५ वर्षसम्म माओवादी नै ठूलो पार्टी हुन्छ,’ सभापति कोइरालाले भने, ‘त्यसैले एकढिक्का भएर चुनावमा जाऔं ।’

आगामी चुनावमा टिकटका लागि हानथाप नगरी एक ढिक्का भई चुनावमा होमिन उनले सबैलाई आग्रह गरे । त्यसो गरे अबको संविधानसभा चुनावबाट काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने उनको विश्वास छ । अहिले दोस्रो ठूलो पार्टी काँग्रेस पहिलो स्थानमा आउने आशा व्यक्त गर्दै सभापति कोइरालाले भने ‘सानातिना मतभेदमा अलझिदा पार्टीलाई नै घाटा हुन्छ । त्यसैले देशलाई एमाओवादीको हैकमबाट मुक्त गर्न हामी एकढिक्का भएर चुनावमा जानुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us