
चितवन, ११ भदौ– प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले एक करोड २५ लाख जनताले निर्वाचन चाहेकाले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् ।
भरतपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको संवैधानिक र कानुनी अधिकार सुनिश्चितताका लागिसमेत निर्वाचन अपरिहार्य रहेको बताए । उनले विपक्षमा रहेका असन्तुष्ट दलतर्फ लक्षित गर्दै निर्वाचन बहिष्कार गर्ने अधिकार भएपनि बाधा अवरोध गर्ने अधिकार भने कसैलाई नभएको चेतावनी दिए ।
उनले निर्वाचन प्रक्रियामा आउन चाहानेलाई दल दर्ताका लागि मसय दिन सकिने बताए । निर्वाचन प्रक्रियाको विरोधमा रहेका दल पनि मतपत्र छापिने बेलासम्म निर्वाचनका लागि तयार हुने उनको दाबी छ । उनले संवैधानिक अधिकार प्रयोग गरेर आफ्नो काम सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।