समाचार

शान्तिपूर्ण विरोध गर्न वैद्य माओवादीलाई सुजाताको आग्रह

२०७० कार्तिक १० गते ८:२४

विराटनगर, १० कात्तिक– नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेकपा–माओवादीलाई निर्वाचनमा शान्तिपूर्ण ढङ्गबाट विरोध गर्न आग्रह गरेकी छिन् । नेकपा–माओवादीको नाममा अरुले फाइदा लिन सक्ने भन्दै नेत्री कोइरालाले शान्तिपूर्ण विरोधका लागि आग्रह गरेकी हुन् । निर्वाचन वहिष्कार गर्दै बिथोल्ने औपचारिक घोषणा गरेका वैद्य समूहको नाममा...

एमालेले बहुमत ल्याउने अध्यक्ष खनालको दावी

२०७० कार्तिक १० गते ६:१३

इलाम, १० कात्तिक–नेकपा एमालेका अध्यक्ष तथा इलाम निर्वाचन क्षेत्र नं–१ का उम्मेदवार झलनाथ खनालले संविधानसभाको निर्वाचनबाट आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने बताएका छन् । रासस सम्वाददातासँग आइतबार विहान कुरा गर्दै अध्यक्ष खनालले एमालेको स्थिति अहिले बलियो बन्दै गएकाले बहुमत ल्याउने दावी गरे । ‘एमालेले...

सिन्धुपाल्चोक २ मा द्विपक्षीय, १ र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

२०७० कार्तिक १० गते ५:४३

चौतारा, १० कात्तिक–पहिलो संविधानसभा निर्वाचनमा तीनै क्षेत्र कब्जा गरेको एकीकृत नेकपा माओवादीले यो पटक पनि तीनवटै सीट कब्जा गर्ने उक्त सीट कायम राख्ने योजना अघि सारेको छ । उसको योजना राजनीतिक, वैचारिक र प्राविधिक तहको रहेको प्रचार विभाग प्रमुख गोविन्द पराजुलीले जानकारी दिए ।...

हेटौडामा एमाओवादी उम्मेदवारको गाडी जलाइयो

२०७० कार्तिक १० गते ४:५७

काठमाण्डु, १० कात्तिक– एकीकृत नेकपा माओवादी मकवानपुर क्षेत्रनम्बर ३ का उम्मेदवार प्रल्हाद लामिछानेको चुनाव प्रचारमा प्रयोग हुँदै आएका एक गाडि अज्ञात समूहले आगजनी गरेको छ । हेटौडा ५ पिप्लेका सन्तोष सापकोटाको घरमा पार्किङ गरि राखिएको बा ८ च ५९५६ नम्बरको टाटा डीआई गाडि शनिबार...

धारिलो हतियार प्रयोग गरी दुईजनाको हत्या

२०७० कार्तिक १० गते ३:३६

काठमाण्डु, १० कात्तिक–सिरहा र मकवानपुरमा धारिलो हतियार प्रयोग गरी दुईजनाको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा सिरहा बडहरामाल गाविस ५ मा पर्ने भेडवा पुल नजिकै एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक पूर्णचन्द्र...

माओवादी मोर्चाद्वारा सिन्धुली बन्द

२०७० कार्तिक १० गते ३:१९

सिन्धुली, १० कात्तिक–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी सभालाई प्रभावित पार्ने उद्देश्यले नेकपा–माओवादीले सिन्धुली क्षेत्रनम्बर १ बन्द आह्वान गरेको छ । बन्दको कारण आइतबार विहानदेखि गाडि नचल्दा सर्वसाधारण मर्कामा परेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले दुधौलीमा हुने चुनावीसभालाई दिउँसो सम्वोधन गर्ने कार्यक्रम...

एउटा वडामा एकजना मात्र मतदाता

२०७० कार्तिक १० गते २:५५

इलाम, १० कात्तिक–इलामको लुम्दे गाविस वडानम्बर ८ मा एक जनामात्र मतदाता रहेका छन् । पदमसुन्दर लावती गृहमन्त्री भएका समयमा लुम्देको ८ नम्बर वडालाई २०३४ सालमा पाँचथरको रवि गाविस वडा नम्बर ५ मा गाभेपछि लुम्देमा आठ वटामात्र वडा छन् । कुल एक हजार ३६० मतदाता...

ट्रक दुर्घटनामा एकजनाको मृत्यु

२०७० कार्तिक १० गते २:०९

रसुवा, १० कात्तिक । लहरेपौवा गाविसको पहिरेबेसीबाट धान बोकेर बनुवातर्फ आउँदै गरेको मिनीट्रक शनिबार साँझ खाल्टेमा दुर्घटना हुँदा घाइते भएका ११ जनामध्ये एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा लहरेपौवा–३ का १८ वर्षीय सुदीप आचार्य रहेका छन् । आचार्यको...

काँग्रेसको विकल्पमा फोरम लोकतान्त्रिकः गच्छदार

२०७० कार्तिक १० गते १:१६

विराटनगर, १० कात्तिक– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले नेपाली कांग्रेसको विकल्पमा फोरम लोकतान्त्रिकको स्थापना गरेको दावी गरेका छन् । कांग्रेसले देश चलाउन नसकेपछि फोरमको स्थापना भएको दावी गर्दै गच्छलदारले आगामी १० वर्षभित्र फोरम लोकतान्त्रिक देशको सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित हुने समेत...

आचारसंहिता विपरित विद्यालयमा आमसभा

२०७० कार्तिक १० गते १:१२

जाजरकोट, १० कात्तिक–नेपाली काँग्रेस जाजरकोट क्षेत्र नं.१ का उम्मेदवार दीपकजङ्ग शाहले निर्वाचन आचारसंहिता विपरीत विद्यालयमा आमसभा गरेका छन् । डाँडागाउँ गाविस–६ मा रहेको सूर्योदय माध्यमिक विद्यालय कैनामा आचासंहिता विपरीत आमसभा गरिएको हो । विद्यालयमा आमसभा गर्नुको साथै पर्चा पम्पलेट समेत टाँसिएको विद्यालयका प्रधानाध्यापक प्रचण्ड...

सात दिनदेखि सञ्चार सेवा ठप्प

२०७० कार्तिक १० गते १:१०

डोल्पा, १० कात्तिक– डोल्पा सदरमुकाम दुनैमा सात दिन अघिदेखि स्याटलाइट मोडेम (डिएक्सी) बिग्रँदा टेलिफोन सेवा ठप्प भएको छ । टेलिफोन सेवा ठप्प हुँदा दुनै, सहरतारा, रह र लावनलगायतका गाविसका सेवाग्राही प्रभावित भएका छन् । चुनावको बेला सूचना लिन–दिन पनि समस्या परेको सेवाग्राहीको भनाइ छ...

एकैदिन दुई पार्टीको घोषणापत्र सार्वजनिक

२०७० कार्तिक ९ गते १४:२२

काठमाण्डु, ९ कात्तिक- निर्वाचन नजिकिँदै गर्दा प्रचार–प्रसारसँगै पार्टीको एजेन्डा सार्वजनिक गर्ने क्रम जारी छ । ठूला दलहरुले आफ्नो घोषणापत्र सार्वजनिक गरिसके पनि केही साना दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका छन् । शनिबार मात्रै दुई वटा पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको  छ । शनिबार नेपाल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us