माओवादी मोर्चाद्वारा सिन्धुली बन्द

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ३:१९ मा प्रकाशित

सिन्धुली, १० कात्तिक–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी सभालाई प्रभावित पार्ने उद्देश्यले नेकपा–माओवादीले सिन्धुली क्षेत्रनम्बर १ बन्द आह्वान गरेको छ ।

बन्दको कारण आइतबार विहानदेखि गाडि नचल्दा सर्वसाधारण मर्कामा परेका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले दुधौलीमा हुने चुनावीसभालाई दिउँसो सम्वोधन गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us