ट्रक दुर्घटनामा एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १० गते २:०९ मा प्रकाशित

रसुवा, १० कात्तिक । लहरेपौवा गाविसको पहिरेबेसीबाट धान बोकेर बनुवातर्फ आउँदै गरेको मिनीट्रक शनिबार साँझ खाल्टेमा दुर्घटना हुँदा घाइते भएका ११ जनामध्ये एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा लहरेपौवा–३ का १८ वर्षीय सुदीप आचार्य रहेका छन् । आचार्यको गएराति उपचारका क्रममा काठमाडौंस्थित न्यू स्टार अस्पतालमा मृत्यु भएको हो ।    चालकसहित घाइते अन्य १० जनामध्ये तीन जनाको शिक्षण अस्पताल महाराजगन्ज र सात जनाको बी एन्ड बी अस्पताल ग्वार्कोमा उपचार भइरहेको बताइएको छ ।

दिनभर खेतमा धान काटेर सबै जना सो मिनीट्रकमा बसेर आइरहेका बेला धुन्चेबाट करिब ४० किमि दक्षिणमा पर्ने सो स्थानमा दुर्घटनाग्रस्त भएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us