
डोल्पा, १० कात्तिक– डोल्पा सदरमुकाम दुनैमा सात दिन अघिदेखि स्याटलाइट मोडेम (डिएक्सी) बिग्रँदा टेलिफोन सेवा ठप्प भएको छ ।
टेलिफोन सेवा ठप्प हुँदा दुनै, सहरतारा, रह र लावनलगायतका गाविसका सेवाग्राही प्रभावित भएका छन् । चुनावको बेला सूचना लिन–दिन पनि समस्या परेको सेवाग्राहीको भनाइ छ ।
नेपाल टेलिकम जिल्ला शाखा डोल्पाले मर्मत गरेर छिट्टै सेवा सुरु गर्ने प्रयास भैरहेको बताएको छ ।