समाचार

मानवअधिकार संरक्षणमा पनि उम्मेदवारको प्रतिवद्धता

२०७० कार्तिक ९ गते १४:१३

बुटवल, ९ कात्तिक । संविधानसभाका निर्वाचन प्रचार–प्रसारका क्रममा उम्मेदवारहरुले संघीयता, राज्य पुनर्संरचना मात्र होइन मानवअधिकारका कुरा पनि गर्न थालेका छन् । रूपन्देहीको निर्वाचनमा सहभागीमध्ये मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारले नयाँ संविधान मानवअधिकार मैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उम्मेदवारहरुले मानवअधिकार मैत्री संविधान बनाउने भन्दै...

पश्चिमाले तिब्बती शरणार्थीका अगुवा भेटेपछि तिब्बतका उच्च अधिकारी काठमाण्डुमा

२०७० कार्तिक ९ गते १४:०७

काठमाण्डु–निर्वाचन पहिलेको अवस्था पर्यवेक्षण गर्न आएका पश्चिमा पर्यवेक्षकले गोप्य रुपमा तिब्बती शरणार्थीका अगुवालाई भेटेको थाहा पाएपछि चीनले तिब्बतका उच्च अधिकारी र सुरक्षाअधिकारीसहितको अर्को टोली काठमाण्डु पठाएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको बिदेश मामिलाका महानिर्देशक चु चिन्हुवाको नेतृत्वमा आएको प्रतिनिधिमण्डल सात दिनसम्म नेपालमा रहनेछ...

सदभावनाका उम्मेदवार नै एमाआवादीमा प्रवेश

२०७० कार्तिक ९ गते १४:०३

रुपन्देही, ९ कात्तिक । सदभावना पार्टीका केन्द्रीय सदस्य एवम् रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का समानुपातिक उम्मेदवार सत्रुधन शाह तथा राष्ट्रिय लोकतान्त्रिक युवा पार्टीका केन्द्रीय महासचिव पूर्णबहादुर परियार एमाओवादीमा प्रवेश गरेका छन् । शनिबार बुटवल नगरपालिका वार्ड नम्बर १३ को बुद्धनगर, मजुवालगायतका स्थानमा भएको...

चुनावी मैदानमा तालमेल हुनसक्नेमा एमाले अध्यक्ष आशावादी

२०७० कार्तिक ९ गते १३:५८

इलाम, ९ कात्तिक–नेकपा (एमाले)का अध्यक्ष तथा इलाम क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार झलनाथ खनालले लोकतान्त्रिक शक्तिहरुबीच ठाउँठाउँमा चुनावी तालमेल हुनसक्ने सम्भावना रहेको बताएका छन । इलामको कोल्बुङमा शनिवार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले लोकतान्त्रिक संविधान निर्माण गर्ने कुरा सुनिश्चित होस् भन्ने कुरामा...

एमाओवादीलाई कुनै तागतले रोक्न सक्दैनः प्रचण्ड

२०७० कार्तिक ९ गते १३:५४

उदयपुर, ९ कात्तिक– एकीकत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीलाई दुई तिहाई बहुमत ल्याउन कुनै तागतले पनि रोक्न नसक्ने बताएका छन् । जनताको भरोसाको केन्द्र एमाओवादी भएको दावी गर्दै प्रचण्डले भने, ‘देशैभरबाट एमाओवादीमा जनलहर आएको छ, हामीलाई दुई तिहाई बहुमत ल्याउन कुनै तागतले रोक्न...

काँग्रेस स्वार्थमा लाग्ने पार्टी होइनः कोइराला

२०७० कार्तिक ९ गते १३:२३

चितवन, ९ कात्तिक– नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले काँग्रेस स्वार्थमा लाग्ने पार्टी नभएको दाबी गरेका छन् । मतदाताहरुलाई गम्भीर भएर चुनावी प्रचारमा लाग्न  आग्रह गर्दै कुनै पनि स्वार्थमा नलाग्न कोइरालाले निर्देशन समेत दिएका छन् । आफ्नो उम्मेदवारलाई जिताउन पूर्ण शक्ति परिचालन गर्नसमेत कार्यकर्तालाई निर्देशन...

बैद्यलाई जनअधिकार छिन्ने छुट नरहेको एमाओवादी प्रवक्ताको चेतावनी

२०७० कार्तिक ९ गते १३:२०

काठमाण्डु ९ कात्तिक–एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले जनअधिकार छिन्ने गरी  आत्मघाती कदम सञ्चालन गरेको बताएका छन । बैद्य नेतृत्वको माओवादीले सञ्चालन गरेका हिंसात्मक घटनालाई गैरराजनीतिक गतिबिधिको संज्ञा दिदै सापकोटाले आगामी मंसिर ४ गते हुने निर्वाचन नै अन्तिम भएको बताए ।...

पाउने भए पर्यवेक्षकले मतदान गर्न

२०७० कार्तिक ९ गते १३:१०

काठमाण्डु ९ कात्तिक–निर्वाचन आयोगले मंसिर ४ गते हुने संविधानसभा चुनावमा पर्यवेक्षकहरुलाई मतदान गर्न पाउने गरी लचकता अपनाएको छ । आयोगको पछिल्लो निर्णय अनुसार अव पर्यवेक्षकले मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको निर्वाचन स्थलमा मतदान गरी अर्को निर्वाचन स्थलमा पर्यवेक्षण गर्न पाउनेछन् । आयोगले भनेको...

उम्मेदवारको गाडीको दुई सिट नष्ट

२०७० कार्तिक ९ गते १२:२३

कञ्चनपुर, ९ कात्तिक– एकीकृत नेकपा (माओवादी) निर्वाचन क्षेत्र नं ४ का प्रत्यक्षतर्फका उम्मेदवार मोहन गिरी चढेको म१ज ७३ नम्बरको महिन्द्रा जिपमा आगजनी भएको छ । आगजनीबाट गाडीको पछाडिको दुईवटै सिट जलेर नष्ट भएको र अन्य भागमा पनि आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।...

चलखेलका कारण संविधान बनेनः डा. भट्टराई

२०७० कार्तिक ९ गते १२:०६

काठमाण्डु, ९ कात्तिक । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले संविधान विरोधी यथास्थितीवादी र पुरातन शक्तिहरूको चलखेल हुनुले विगतमा संविधान बन्न नसकेको बताएका छन् । माओवादीको कम मत भएका कारण यथास्थितिवादीहरुले चलखेल गर्ने मौका पाएकाले यसपटक स्पष्ट दुई तिहाई मत दिन आग्रह गर्दै...

प्रचण्डमाथि प्रहार पार्टीको घोषित नीति: वैद्य

२०७० कार्तिक ९ गते ११:०२

काठमाण्डु, ९ कात्तिक– नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले निर्वाचन बहिस्कारका क्रममा एकीकृत माओवादी अध्यक्ष प्रचण्डमाथि पहिलो प्रहार गर्ने आफ्नो पार्टीको घोषित नीति रहेको स्वीकार गरेका छन् । काठमाण्डुको संवाद डबलीमा ‘राष्ट्रियता र राप्ति दुन’ नामक पुस्तकको शनिबार विमोचन गर्दै वैद्यले प्रचण्डको निर्वाचन अभियानका क्रममा आफ्ना...

राजादेखि माओवादीसम्म अट्ने संविधान बन्नुपर्छः दाहाल

२०७० कार्तिक ९ गते १०:३०

विराटनगर, ९ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य एवम् मोरङ क्षेत्र नं ६ का उम्मेदवार बल्लभप्रसाद दाहालले राजादेखि माओवादीसम्म अटाउने संविधान नबनेसम्म मुलुकले दिगो शान्ति नपाउने बताएका छन् । विराटनगर–२ मा शनिबार आयोजित चुनावी सभामा उनले अखण्ड नेपालसहित हिन्दू राज्य स्थापनाका लागि राप्रपा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us