चुनावी मैदानमा तालमेल हुनसक्नेमा एमाले अध्यक्ष आशावादी

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १३:५८ मा प्रकाशित

इलाम, ९ कात्तिक–नेकपा (एमाले)का अध्यक्ष तथा इलाम क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार झलनाथ खनालले लोकतान्त्रिक शक्तिहरुबीच ठाउँठाउँमा चुनावी तालमेल हुनसक्ने सम्भावना रहेको बताएका छन ।jnk-oli_20111225093334
इलामको कोल्बुङमा शनिवार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले लोकतान्त्रिक संविधान निर्माण गर्ने कुरा सुनिश्चित होस् भन्ने कुरामा सचेत रहँदै चुनावी मैदानमै पनि तालमेलको अवस्था बन्नसक्ने सम्भावना पनि रहेको जानकारी दिए ।
संविधान निर्माण गर्ने, लोकतन्त्रलाई संस्थागत गर्ने,मुलुकको सामाजिक, आर्थिक रूपान्तरण गर्ने,विकास निर्माणलाई तीब्रता दिने, मुलुकमा दिगो शान्ति स्थापना गर्ने, मुलुकको राष्ट्रियतालाई सुदृढ गर्ने र नेपाली जनसमुदायको जीवनस्तर उठाउने, गरिबी उन्मूलन गर्ने,बेरोजगारीको विकराल समस्या समाधान गर्ने जस्ता विषय एमालेको चुनावी ‘एजेण्डा’ रहेको उनले बताए ।
चुनावी अभियानका क्रममा इलाम क्षेत्र नं १ मा एक सातादेखि रहेका खनालले चुनावी सभापछि घरदैलो कार्यक्रम गर्ने बताएका छन ।
एमालेले जिते संबिधान बन्ने सुवास नेम्वाङको जिकिर
यसैगरी, विघटित संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका इलाम निर्वाचन क्षेत्र नं २ का प्रत्यक्षतर्फका उम्मेदवार सुवास नेम्वाङले एमालेले जिते मात्र मुलुकले नयाँ संविधान पाउने दावी गरेका छन ।
इलामको इभाङ माविमा शनिवार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेले बहुमत ल्याए अघिल्लो संविधानसभाले गर्न नसकेको बाँकी सबै काम समयमै सम्पन्न गरेर मुलुकलाई नयाँ संविधान दिने जिकीर गरे ।
ओलीको प्राथमिकता संविधान निर्माण

एमालेका नेता केपी शर्मा ओलीले एमालेले संविधान निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन । चुनावी अभियानका क्रममा झापाको तोपगाछी र धरमपुरमा भएको छुट्टाछुट्टै कोणसभामा बोल्दै नेता ओलीले  आफनो पार्टीले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us