समाचार

सुप्रभालाई धम्की दिने को ?

२०७० कार्तिक ८ गते १२:३९

काठमाण्डु, ८ कात्तिक–काँग्रेस युवा नेता गगन थापा विरुद्ध काठमाडौं क्षेत्रनम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिएकी नेतृ सुप्रभा घिमिरेले आफूलाई धम्की आएको खुलासा गरेकी छन् । शुक्रबार आफ्नो फेसबुक स्टाटसमार्फत् उनले धम्की र गाली गलौजको सामना गर्न परिरहेको खुलासा गरेकी हुन् । अघिल्लो संविधानसभा चुनावमा...

पक्राउ परेका कार्यकर्ता नछाडे कडा संघर्षमा उत्रने माओवादी चेतावनी

२०७० कार्तिक ८ गते १२:३८

काठमाण्डु, ८ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले चुनाव बहिस्कार अभियानका क्रममा विभिन्न जिल्लामा पक्राउ परेका आफ्ना कार्यकर्ताको तत्काल रिहाई नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएको छ । प्रवक्ता पम्फा भुसालले शुत्रबार विज्ञप्ति जारी गरी रामेछापसहित विभिन्न स्थानबाट पक्राउ परेका कार्यकर्ताको तत्काल रिहाईको माग गरेकी...

थानकोटबाट हतियारसहित दुई जना पक्राउ

२०७० कार्तिक ८ गते १२:११

काठमाण्डु, ८ कात्तिक– सशस्त्र प्रहरीले हतियारसहित राजधानी भित्रिंदै गरेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल थानकोटको टोलीले मकवानपुरका अर्जुन लामा र विशाल लामालाई विशेष सुराकीका अाधारमा थानकोटबाट पक्राउ गरेको हो । उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग...

अर्को सातादेखि कल सेन्टर र मिडिया सेन्टर

२०७० कार्तिक ८ गते ११:१८

काठमाण्डु, ८ कात्तिक–निर्वाचन आयोगले अर्काे संविधानसभाको निर्वाचनका सबै सूचना राष्ट्रिय एवं  अन्तर्राष्ट्रिय जगत समक्ष पुरयाउन अर्काेहप्तादेखि मिडिया सेन्टर र कल सेन्टर प्रयोगमा ल्याउने भएको छ । आयोगको हाता कान्तिपथभित्र निर्माणाधीन ती सेन्टर अर्काेहप्तादेखि प्रयोगमा आउने प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।...

राप्रपाको चुनावी घोषणापत्र सार्बजनिक

२०७० कार्तिक ८ गते १०:५३

काठमाण्डु, ८ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सात संघीय प्रदेशको अवधारणा सहितको चुनावी घोषणा पत्र शुक्रबार सार्बजनिक गरेको छ । काठमाण्डुको भाटभटेनीस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी राप्रपाले चुनावी घोषणापत्र सार्बजनिक गरेको हो । सामर्थ्य, पहिचान, भूगोल र ऐतिहासिक पृष्ठभूमिलाई संघीय संरचनाको आधार मानेको...

सुशीलले भने–१० बर्षमा देशमा कायापलट ल्याउँछु

२०७० कार्तिक ८ गते १०:३८

चितवन, ८ कात्तिक–नेपाली काँग्रेसका सभापति सुशील कोईरालाले दश वर्षमा नेपालको विकासमा कायापलट ल्याउने दावी गरेका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार विहान मंगलपुरमा गरेको ‘मतदातासँग उम्मेदवार’ कार्यक्रममा कोइरालाले आगामी चुनावमा काँग्रेसलाई जिताउन आग्रह गरे । ‘विपीले १५ वर्षमा सबै नेपालीलाई आफू सरह...

सरकारले सुरक्षा दिन सकेन : निर्वाचन पर्यवेक्षक

२०७० कार्तिक ८ गते १०:१७

काठमाण्डु, ८ कात्तिक– चुनावकोबेला सुरक्षा प्रवन्ध मिलाउन नसकेको भन्दै निर्वाचन पर्यवेक्षकहरुले सरकारको आलोचना गरेका छन् । उमेदवारहरुमाथी आक्रमण बढ्दै जानु र राजनीतिक दलका कार्यकर्ताहरुबीच झडप नरोकिनुले सरकारले सुरक्षा प्रवन्ध मिलाउन नसकेको पर्यवेक्षकहरुको निष्कर्ष छ । आम निर्वाचन पर्यवेक्षण समिति जियोकले शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन...

झडपमा काँग्रेस कार्यकर्ताले फाले प्रहरीका सामान

२०७० कार्तिक ८ गते ९:४०

धादिङ, ८ कात्तिक–आचारसंहिता विपरीत सवारी साधनमा झन्डा राखिएको भन्दै प्रहरीले झन्डा निकालेपछि काँग्रेस कार्यकर्ता र प्रहरीबीच शुक्रवार नौबिसेमा झडप भएको छ । नौबिसे बजारमा रोकिराखिएको निजी सवारीमा राखिएको झन्डा निकाल्ने क्रममा झडप हुँदा एक काँग्रेस कार्यकर्ता घाइते भएका छन् ।  काँग्रेस धादिङका सहसचिव अर्जुन...

हिसिला भन्छिन्, ‘भ्रष्टाचार प्रमाणित गर जेल जान्छु ’

२०७० कार्तिक ८ गते ९:०८

काठमाण्डु, ८ कात्तिक– एकीकृत माओवादी नेतृ हिसिला यमीले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए जेल जान तयार रहेको बताएकी छन् । चुनाव प्रचार–प्रसारका क्रममा काठमाण्डुको बोहोराटार पुगेकी यमीलाई स्थानीयले भ्रष्टाचारबारे प्रश्न उठाएपछि जवाफमा उनले जेल जान तयार रहेको बताएकी हुन् । ‘मैले भ्रष्टाचार गरेको भए...

प्रचण्डमाथि किन आक्रामक हुँदैछ वैद्य माओवादी ?

२०७० कार्तिक ८ गते ८:५९

काठमाण्डु, ८ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत माओवादी र त्यसमा पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख निशाना बनाएर चुनावविरोधी गतिविधि बढाएको छ । ४ मंसिरमा निर्वाचन गराउन प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नेदेखि लिएर आफूलाई निर्वाचनमा आउन बाटो छेक्ने काम प्रचण्डबाटै भएको निष्कर्षसहित...

वैद्य माओवादीलाई कारबाही गर्ने सरकारको तयारी

२०७० कार्तिक ८ गते ८:२७

काभ्रे, ८ कात्तिक– सरकारले मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमाथि कडा कारबाहीको तयारी गरेको छ । गृह मन्त्रालयको आयोजनामा बिहान काभ्रेको धुलिखेलमा भएको निर्वाचनसम्बन्धी क्षेत्रीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री घिमिरेले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका निर्वाचन भाँड्ने काममा संलग्न नेता कार्यकर्तामाथि सरकारले छिट्टै ‘एक्सन’ लिन...

वैद्य माओवादी कार्यकर्ताद्वारा एमाले सचिव पोख्रेलको गाडी तोडफोड

२०७० कार्तिक ८ गते ४:३७

दाङ, ८ कात्तिक–वैद्य माओवादीका कार्यकर्ताहरुले नेकपा एमालेका सचिव तथा दाङ क्षेत्र नम्बर ४ का उम्मेदवार शंकर पोख्रेलको गाडीमा शुक्रबार तोडफोड गरेका छन् । तुल्सीपुरको नयाँबसपार्कमा चुनावी सभा चल्दै गर्दा वैद्य माओवादीका कार्यकर्ताले कालो झण्डा देखाउदै पोख्रेलको बा २ च २७३४ नम्बरको गाडी सहीत दुईगाडी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us