
काठमाण्डु, ८ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सात संघीय प्रदेशको अवधारणा सहितको चुनावी घोषणा पत्र शुक्रबार सार्बजनिक गरेको छ । काठमाण्डुको भाटभटेनीस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी राप्रपाले चुनावी घोषणापत्र सार्बजनिक गरेको हो ।
सामर्थ्य, पहिचान, भूगोल र ऐतिहासिक पृष्ठभूमिलाई संघीय संरचनाको आधार मानेको राप्रपाले तराई–मधेसमा दुईवटा र पहाड–हिमालमा पाँचवटा प्रदेश बनाउने प्रस्ताव गरेको छ । प्रदेशको नाम, सिमाना र अन्य संरचनाको ठेगाना सर्वदलीय सहमतिबाट टुंगो लगाउने उसको धारणा छ ।
यसैगरी तराई–मधेस प्रदेशलाई स्वायत्तता प्रदान गर्ने, नेपाली सेनामा जनसंख्याको आधारमा भर्ना व्यवस्था गर्ने तथा तराई–मधेसको छुट्टै पल्टन खडा गर्ने राप्रपाको घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष सूर्य बहादुर थापाले गैह्र जिम्मेवार दलिय प्रबृत्तिका कारण अघिल्लो संबिधान सभाबाट संबिधान बन्न नसकेको बताउनु भयो ।