अर्को सातादेखि कल सेन्टर र मिडिया सेन्टर

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ११:१८ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक–निर्वाचन आयोगले अर्काे संविधानसभाको निर्वाचनका सबै सूचना राष्ट्रिय एवं  अन्तर्राष्ट्रिय जगत समक्ष पुरयाउन अर्काेहप्तादेखि मिडिया सेन्टर र कल सेन्टर प्रयोगमा ल्याउने भएको छ ।
आयोगको हाता कान्तिपथभित्र निर्माणाधीन ती सेन्टर अर्काेहप्तादेखि प्रयोगमा आउने प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सञ्चारकर्मीहरुलाई जानकारी दिए । आयोगले डाटा सेन्टरलाई भने प्रयोगमा ल्याइसकेको छ । सो सेन्टरले मूलतः तस्बिरसहितको मतदाता नामावलीलाई प्रशोधन, अद्यावधिक गर्ने गर्दछ । दोहोरो, तेहेरो मतदाता नामावली भएमा हटाउने कामसमेत गर्दछ ।
प्रमुख आयुक्त उपे्रतीले भने,“तिहारअघि नै कल सेन्टर, मिडिया सेन्टर प्रयोगमा आउँदछ ।” कल सेन्टरमा टोलफ्री नम्बर राख्ने तयारी आयोगले गरिराखेको छ ।
नम्बरमा सम्पर्क गरेपछि निर्वाचनका यावत् चाहेका सूचना पाइने व्यवस्था मिलाउन लागिएको बताइएको छ ।    मिडिया सेन्टरमा भने निर्वाचनसम्बन्धी जानकारी दिइने छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us