थानकोटबाट हतियारसहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते १२:११ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक– सशस्त्र प्रहरीले हतियारसहित राजधानी भित्रिंदै गरेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल थानकोटको टोलीले मकवानपुरका अर्जुन लामा र विशाल लामालाई विशेष सुराकीका अाधारमा थानकोटबाट पक्राउ गरेको हो । उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने चार थान गोली बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरु को हुन् र कुन प्रयोजनका लागि हतियारसहित राजधानी आउँदै थिए भन्ने खुलेको छैन । सशस्त्र प्रहरीले पक्राउ परेका दुवैलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाको जिम्मा लगाउने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us