सदभावनाका उम्मेदवार नै एमाआवादीमा प्रवेश

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १४:०३ मा प्रकाशित

रुपन्देही, ९ कात्तिक । सदभावना पार्टीका केन्द्रीय सदस्य एवम् रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का समानुपातिक उम्मेदवार सत्रुधन शाह तथा राष्ट्रिय लोकतान्त्रिक युवा पार्टीका केन्द्रीय महासचिव पूर्णबहादुर परियार एमाओवादीमा प्रवेश गरेका छन् ।

शनिबार बुटवल नगरपालिका वार्ड नम्बर १३ को बुद्धनगर, मजुवालगायतका स्थानमा भएको चुनावी सभाको क्रममा सदभावना पार्टीका केन्द्रीय सदस्य एवम् रुपन्देही क्षेत्र नम्बर ४ का समानुपातिक उम्मेदवार सत्रुधन शाहसहित सोही पार्टीका अन्य सदस्यहरुसहित एमाओवादीमा प्रवेश गरेको हो ।

एमाओवादीका केन्द्रीय सदस्य भक्तिप्रसाद पाण्डेका अनुसार बुटवल नगरपालिका वार्ड नम्बर १३ मजुवामा भएको चुनावी सभामा राष्ट्रिय लोकतान्त्रिक युवा पार्टीका केन्द्रीय महासचिव पूर्णबहादुर परियार, केन्द्रीय सदस्य हर्कबहादुर थापासहित सोही पार्टीका ५ जना जिल्ला समिति सदस्य समेत एमाओवादीमा प्रवेश गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us