मानवअधिकार संरक्षणमा पनि उम्मेदवारको प्रतिवद्धता

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १४:१३ मा प्रकाशित

human-rightsबुटवल, ९ कात्तिक । संविधानसभाका निर्वाचन प्रचार–प्रसारका क्रममा उम्मेदवारहरुले संघीयता, राज्य पुनर्संरचना मात्र होइन मानवअधिकारका कुरा पनि गर्न थालेका छन् । रूपन्देहीको निर्वाचनमा सहभागीमध्ये मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारले नयाँ संविधान मानवअधिकार मैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उम्मेदवारहरुले मानवअधिकार मैत्री संविधान बनाउने भन्दै ‘नयाँ संविधान मानवअधिकार मैत्री बनाउने कुरामा म प्रतिबद्ध छु’ भनी उल्लेख प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् । मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले आयोजना गरेको ‘नयाँ संविधानमा मानवअधिकार प्रतिवद्धता अभियान’का क्रममा उम्मेदवारहरुले हस्ताक्षर गरेका हुन् ।

एमाओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, ले मानवअधिकार संरक्षणसम्बन्धी प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै आफू मानवअधिकारको पक्षमा प्रसतवद्ध रहेको बताए ।  डा. भट्टराई रुपन्देही क्षेत्र नं. ४ का उम्मेदवार हुन् । त्यस्तै रुपन्देही–४ का अन्य उम्मेदवारहरुमा नेकपा (एमाले)का सचिव विष्णु पौडेल, नेपाली काँग्रेसका सूर्यप्रसाद प्रधान, राप्रपाका शेरबहादुरले प्रतिवद्धता जनाएका छन् ।

रूपन्देहीका क्षेत्र नं ३ मा मुख्य प्रतिस्पर्धामा रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पनि प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने क्रममा क्षेत्र नं. ३ कै एमाले उम्मेदवार घनश्याम भुसालले मानव अधिकारका विषय पनि राजनीतिक विषय भएकाले यसमा सबैको चासो रहनुपर्ने खाँचो औंँल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us