इलाम, ११ कात्तिक–संघीय लिम्बुवान राज्य परिषदले सोमबार अरूणपूर्वका नौं जिल्ला बन्द आह्वान गरेको छ । मंसिर चारको दोस्रो संविधानसभा चुनावको विरोध र आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै परिषदले बन्द आह्वान गरेको हो । बन्दको कारण ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत जिल्लामा लामो...
राजविराज, ११ कात्तिक–सप्तरीको पोर्ताहा गाविस–३ मा आइतबार राति आगलागी हुँदा तीन लाख मूल्य बराबरको क्षति भएको छ । प्रहरीका अनुसार स्थानीयवासी जितेन्द्र रोहिताको भान्साघरबाट सुरु भएको आगलागीले सँगै रहेको स्टोरघरसमेत जलेर नष्ट भएको छ । आगलागीबाट फुसका दुई घरसहित ५० मन धान, ३० मन...
सुर्खेत, ११ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेत क्षेत्र नं. ३ का प्रत्यक्षतर्फका उम्मेदवार कविराम पुरी ट्याक्टरको ठक्करबाट घाइते भएका छन् । भे १ प ४६९४ नम्बरको मोटरसाइकलमा वीरेन्द्रनगर–६ को घन्टाघर चोकबाट एयरपोर्टतर्फ जाँदै गर्दा पुरीलाई जिल्ला प्रहरी कार्यालयको ठीक अगाडि विपरीत दिशाबाट आएको रा १...
काठमाण्डु,१० कात्तिक–नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११३४ को एक प्रतिनिधिमण्डलले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग भेटी नेपाल संवत्सम्बन्धी नौं बुँदे माग प्रस्तुत गरेको छ । समितिका अध्यक्ष डा. चुन्दा बज्राचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरिएपछि यसलाई सम्मान दिनु पर्ने, यसलाई व्यवहारमा...
काठमाण्डु, १० कात्तिक– मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगबाट मात्र साढे ५६ कारोडभन्दा बढी खर्च भएको छ । भदौ र असोज महिनामा मात्र विभिन्न शीर्षकमा गरी ५६ कारोड ५८ लाख १७ हजार ३ सय ३८ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको...
काठमाण्डु, १० कात्तिक–पार्टी अनुशासन र पद्धतिको उल्लंघन गरेको भन्दै एकीकृत नेकपा माओवादीले धनुषा क्षेत्रनम्बर १ का वागी उम्मेदवार जगकुमार बरबरीया यादव (श्रवण)लाई पार्टीबाट निस्कासन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार विज्ञप्ति निकालेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी यादवलाई निस्कासन गरिएको जानकारी दिएका...
काठमाण्डु, १० कात्तिक– निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गतेको दोस्रो संविधानसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो । विभिन्न चरणमा तस्विर सहितको मतदाता नामावली सङ्कलनमा गरी आयोगले आइतबार नामावली सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नामावली अनुसार आगामी संविधासभा सदस्य निर्वाचनका लागि...
काठमाण्डु, १० कात्तिक– काठमाण्डु जिल्ला निर्वाचन कार्यालयले काठमाण्डु जिल्लाका मतदानस्थल तथा केन्द्रमा पाँच हजार कर्मचारी खटाउने तयारी गरेको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाण्डुमा खटाइने कर्मचारीको छनोट भइसकेको मुख्य निर्वाचन अधिकृत अच्युत विष्टले बताएका छन् । निर्वाचनमा खटिने कर्मचारीले आफूलाई घर पायक...
नेपालगन्ज, १० कात्तिक– संविधानसभा निर्वाचनका लागि यहाँका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई जनतासँग ‘भोट’ माग्न अहिले ‘हम्मेहम्मे’ परेको छ । ग्रामिण क्षेत्रका जनताको घरमा पुग्दा अधिकांश परिवारका सदस्य धान काट्न खेतमा जाने गरेकाले न्वारानदेखिको बल झिकेर ठसठस कन्दै जनताको दैलोसम्म पुगेका उम्मेदवारहरु जनताको घरको...
बारा, १० कात्तिक– सिफारिस गरिएका उम्मेदवारहरुलाई समावेश नगरेको झोंकमा मधेसी फोरम लोकतान्त्रिकका युवाहरुले आफ्नै उम्मेदवार तथा नेताहरुलाई थुनेका छन् । जिल्ला समितिको बैठक बसिरहेका नेताहरुलाई युवाहरुले कार्यालयमै तालाबन्दी गरिदिएका हुन् । नेताहरु थुनिएपछि प्रहरीले दुई घण्टा पश्चात बल प्रयोग गरी उनीहरुलाई थुना मुक्त गरेको...
दार्चुला, १० कात्तिक–तिहार आउन अझै एकसाता बाँकी छ । तर, चुनाव प्रचारमा व्यस्त राजनीतिक दलका नेताहरु भने देउसीभैलो खेल्दै भोट माग्न व्यस्त छन् । देशभर संविधानसभा निर्वाचनको सरगर्मी बढेसँगै दार्चुलाबाट उम्मेदवार बनेका राजनीतिक दलका उम्मेदवार तथा कार्यकर्ताहरु गाउँगाउँमा गएर देउसीभैलो खेल्दै जनतासँग भोट मागिरहेका...
झापा, १० कात्तिक– मेची नगरबाट दुई महिनाअघि सुरु भएको डेङ्गुको प्रकोप दमक नगरपालिकामा पनि देखा परेको छ । झापाको पूर्वी सीमावर्ती नगरपालिका मेची नगरबाट ५० किलोमिटर पश्चिममा पर्ने दमकमा डेङ्गु देखिएपछि डेङ्गु ज्वरोबाट सङ्क्रमितको सङ्ख्या एक सयको हाराहारीमा पुगेको छ । यसको प्रकोपबाट मेचीनगरमा...