निर्वाचन आयोगले दुई महिनामै साढे ५६ करोड सकायो

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १४:४० मा प्रकाशित

election commition of nepalकाठमाण्डु, १० कात्तिक– मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगबाट मात्र साढे ५६ कारोडभन्दा बढी खर्च भएको छ ।

भदौ र असोज महिनामा मात्र विभिन्न शीर्षकमा गरी ५६ कारोड ५८ लाख १७ हजार ३ सय ३८ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार सबैभन्दा बढी तालिमका लागि २३ करोड ५३ लाख, ८४ हजार ६ सय रुपैयाँ खर्च भएको छ । त्यस्तै जिल्ला निर्वाचन कार्यालयहरुका लागि ९ करोड १७ लाख, निर्वाचन अधिकृतको कार्यालयहरुका लागि ८ करोड १४ लाख, उपकरण तथा निर्वाचन सामाग्री खरिद शिर्षकमा ६ करोड ५७ लाख ४० हजार, सूचना प्रशारणका लागि ३ करोड ७८ लाख ६८ हजार ४ सय २ रुपैयाँ खर्च भएको छ भने फोटो सहितको मतदाता नामावलीका विशेष कार्यक्रम सञ्चालनका लागि ११ करोड ४० लाख खर्च भएको छ ।

जनक शिक्षामा भइरहेको मतपत छपाईका लािग १ करोड, कर्मचारीलाई प्रोत्साहन भत्ता १ करोड ५१ लाख, र चुनावी कार्याक्रम र सुरक्षामा खटिएका कर्मचारीको बीमामा मात्र २ करोड ५० लाख रुपैयाँ खर्च भएको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए । निर्वाचन आयोगकका लागि ७५ करोड ६४ लाख ९३ हजार रुपैयाँ बिनियोजित गरिएकोमा भदौसम्ममा ४ अर्व १८ करोड १५ लाख २५ हजार निकासा गरिसकेको आयोगको भनाई छ ।

विनियोजित रकममध्ये ३ अर्व सरकारको हो भने ४ अर्व ५६ करोड दातृ निकायले सहयोग गरेका हुन् । यसैबीच निर्वाचन आयोगले आचार सँहिता पालनामा कडाई गरिएको जनाएको छ । केही दलका उम्मेदवार माथि आक्रमण भएको र चुनवाकै पक्षमा रहेका दलहरुबाट आचारसंहिता उल्लंघन भएको घटना सार्वजनिक भएको भन्दै आयोगले आचारसंहिता पालनामा कडाई गर्नका लागि जिल्ला निर्वाचन कार्यालयहरुबाट कारवाही गरी आयोगलाई जानकारी गराउन भनिएको आयोगका प्रवक्ता राईको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us