उम्मेदवारहरु तिहार नआउँदै देउसीभैलोमा व्यस्त

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ९:१३ मा प्रकाशित

दार्चुला, १० कात्तिक–तिहार आउन अझै एकसाता बाँकी छ । तर, चुनाव प्रचारमा व्यस्त राजनीतिक दलका नेताहरु भने देउसीभैलो खेल्दै भोट माग्न व्यस्त छन् ।

देशभर संविधानसभा निर्वाचनको सरगर्मी बढेसँगै दार्चुलाबाट उम्मेदवार बनेका राजनीतिक दलका उम्मेदवार तथा कार्यकर्ताहरु गाउँगाउँमा गएर देउसीभैलो खेल्दै जनतासँग भोट मागिरहेका छन् । एमालेका नेता–कार्यकर्ता देउसी भैलोसहितको घरदैलो अभियान चलाउन सबैभन्दा अगाडी देखिएका छन् ।

नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले सुदूरपश्चिममा दसैंपछि खेलिने देउसीभैलो नै आफ्नो भेकतर्फ चुनावका लागि घरदैलो अभियान भएको बताए ।

दार्चुलाबाट एकीकृत नेकपा माओवादीका उम्मेदवार ललितसिंह ठगुन्ना, नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडु, अखण्ड नेपाल पार्टीका उम्मेदवार देव वमलगायत चुनावी प्रतिस्पर्धामा छन् । सबै दलका नेता कार्यकर्ताहरुले चुनाव बिभिन्न शैलीका चुनाव प्रचार कार्यक्रमलाई जारी राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us