आगलागीबाट तीन लाख क्षति

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ३:०६ मा प्रकाशित

राजविराज, ११ कात्तिक–सप्तरीको पोर्ताहा गाविस–३ मा आइतबार राति आगलागी हुँदा तीन लाख मूल्य बराबरको क्षति भएको छ । प्रहरीका अनुसार स्थानीयवासी जितेन्द्र रोहिताको भान्साघरबाट सुरु भएको आगलागीले सँगै रहेको स्टोरघरसमेत जलेर नष्ट भएको छ ।

आगलागीबाट फुसका दुई घरसहित ५० मन धान, ३० मन गहँु, ३० मन चामल र ५० हजार नगद जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्र, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us