चुनावका बेला काठमाण्डुमा पाँच हजार कर्मचारी

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ११:५८ मा प्रकाशित

election-vote

काठमाण्डु, १० कात्तिक– काठमाण्डु जिल्ला निर्वाचन कार्यालयले काठमाण्डु जिल्लाका मतदानस्थल तथा केन्द्रमा पाँच हजार कर्मचारी खटाउने तयारी गरेको छ ।

१० वटा निर्वाचन क्षेत्र रहेको काठमाण्डुमा खटाइने कर्मचारीको छनोट भइसकेको मुख्य निर्वाचन अधिकृत अच्युत विष्टले बताएका छन् । निर्वाचनमा खटिने कर्मचारीले आफूलाई घर पायक पर्ने मतदानस्थलमा खटाउन आग्रह गरिराखेको जनाउँदै उनले भने, ‘निर्वाचनको समयमा काठमाण्डुमा मात्र पाँच हजार कर्मचारी अवश्यक छ, ती कर्मचारीहरुको छनोट भइसुकेको छ ।’

निर्वाचनकार्यालयले ती मतदानस्थलका भौतिक अवस्थाका बारेमा निरीक्षणको कार्य तथा खटिने कर्मचारीका लागि तालिम सुरु गर्न लागेको उनले बताए ।

निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले ३११ मतदानस्थल र ७४२ केन्द्र निर्धारण गरेको छ । ती मतदानस्थल अन्तर्गतका केन्द्रमा दुई लाख ५९ हजार ३५२ महिला, दुई लाख ७२ हजार ७३६ पुरुष र १४ जना तेस्रोलिङ्गी मतदाता रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us