ट्याक्टरको ठक्करबाट उम्मेदवार घाइते

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते २:११ मा प्रकाशित

सुर्खेत, ११ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेत क्षेत्र नं. ३ का प्रत्यक्षतर्फका उम्मेदवार कविराम पुरी ट्याक्टरको ठक्करबाट घाइते भएका छन् ।

भे १ प ४६९४ नम्बरको मोटरसाइकलमा वीरेन्द्रनगर–६ को घन्टाघर चोकबाट एयरपोर्टतर्फ जाँदै गर्दा पुरीलाई जिल्ला प्रहरी कार्यालयको ठीक अगाडि विपरीत दिशाबाट आएको रा १ त ७०३ नम्बरको ट्र्याक्टरले आइतबार बेलुकी ठक्कर दिएको थियो । उनको स्थानीय देउती नर्सिङ होममा उपचार भइरहेको छ ।

ट्र्याक्टर र चालकलाई दुर्घटना हुनेबित्तिकै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us