समाचार

काँग्रेस सभापतिको गाडिमा आगजनी प्रयास,एमाले कार्यालयमा बम,नरहरीको गाडि पनि जल्यो

२०७० कार्तिक ११ गते ११:३१

काठमाण्डु, ११ कात्तिक–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको चुनाव प्रचारमा प्रयोग भएको गाडिमा अज्ञात समूहले आगजनीको प्रयास गरेको छ । बाँकेको नेपालगन्जस्थित पार्टी कार्यालय अगाडी रोकिराखेको भे १ च ९१७ नम्बरको गाडिमा अज्ञात समूहले पेट्रोल छर्किएर आगो लगाउन खोजेको थियो । तर, स्थानीय कार्यकर्ताको प्रतिकार...

मुसाका कारण मोबाइल अवरुद्ध भएको छानविन समितिको प्रतिवेदन

२०७० कार्तिक ११ गते १०:१८

काठमाण्डु, ११ कात्तिक– व्यवस्थापकीय त्रुटिका कारण मुसाले काटेर गत असोज १२ गते नेपाल टेलिकमको मोबाइल सेवा अचानक बन्द भएको बताइएको छ । नेपाल दूरसञ्चार संस्थानका पूर्व महाप्रबन्धक सुरेशकुमार पुडासैनीको संयोजकत्वमा गठित छानिव समितिले सुन्धारा र बबरमहलको बीचमा रहेको अप्टिकल फाइबर काटिन जाँदा सो घटना भएको...

निर्वाचन बिथोलिए प्रतिगमनः यादव

२०७० कार्तिक ११ गते ९:३०

विराटनगर, ११ कात्तिक । मधेसी जनअधिकार (फोरम) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन बिथोलिए मुलुक प्रतिगमनतर्फ उन्मुख हुने बताएका छन् । असन्तुष्ट नेकपा–माओवादीसहितका ३३ दल मुलुकको हितका लागि सहमतिमा आउनुपर्ने भन्दै प्रतिगमनतर्फ नलाग्न यादवले सुझाव समेत दिएका छन् । ‘मुलकमा स्थायी शान्ति, राजनीतिक स्थायित्व र...

रामचन्द्र कुशवाह एमालेबाट निश्कासित, हत्याका सबै मतियार माथि कानुनी कार्वाही गर्न आग्रह

२०७० कार्तिक ११ गते ८:३५

काठमाण्डु ११ कात्तिक–नेकपा एमालेले आफनो पार्टीका पूर्व सभासद रामचन्द्र कुशवाहा प्यासीलाई पार्टी र सम्बन्धित जनवर्गीय संगठनका कुनै पनि जिम्मेवारीबाट मुक्त गर्दै पार्टी सदस्यताबाट निष्काशन गरेको छ । प्यासीले एमाले केन्द्रीय सदस्य तथा बारा क्षेत्र नम्बर ४ बाट संबिधानसभा सदस्य निर्वाचनका उम्मेदवार मोहमुद आलम हत्यामा...

वैद्य माओवादीको आक्रमणबाट इलामका एमाओवादी उम्मेदवार रमेश लिङ्देनसहित ३ जना घाइते

२०७० कार्तिक ११ गते ८:२०

काठमाण्डु, ११ कात्तिक– नेकपा–माओवादीका कार्यकर्ताहरुको आक्रमणबाट एकीकृत नेकपा माओवादी इलाम क्षेत्रनम्बर २ का उम्मेदवार रमेश लिङ्देन सहित तीनजना घाइते भएका छन् । माओवादी कार्यकर्ताहरुले पाँचथर सारङडाँडाको दशमी बजारमा लिङ्देनमाथि आक्रमण गरेका हुन् । उनी रवीबजारमा पाँचथर र इलामको संयुक्त जनसभालाई सम्वोधन गरी फर्किदै थिए...

निर्वाचन सुरक्षामा खटिएका गाडीका चालक फरार

२०७० कार्तिक ११ गते ८:००

इलाम, ११ कात्तिक–निर्वाचन सुरक्षा अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीसमेतको सुरक्षा टोली लिएर फर्केको गाडीका चालक बाटैमा गाडी छाडेर फरार भएका छन् । इलामको क्षेत्र नं–२ मा प्रजिअ बाबुराम खतिवडा, कालीध्वज गणका गणपतिसमेतको टोली अनुगमनपछि फर्कनेक्रममा चालक गाडी अलपत्र छाडेर फरार भएका हुन् । मङ्गलबारे...

वैद्य माओवादीको क्षेत्रीय कार्यालयमा प्रहरीको छापा, चुनाव विरोधी प्रचार सामग्री कब्जा

२०७० कार्तिक ११ गते ७:५०

काठमाण्डु, ११ कात्तिक–चुनाव विरोधी गतिविधि सन्चालन गर्दै आएको नेकपा–माओवादी काठमाण्डु क्षेत्र नम्बर १० को कार्यालयमा प्रहरीले छापा मारेको छ । सोमबार विहान कीर्तिपुरस्थित कार्यालयमा प्रहरीले छापा मारेर चुनाव विरोधी प्रचार सामग्री नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सबै सामान नियन्त्रणमा लिएर लगेको पार्टी प्रवक्ता...

राप्रपा नेपालको पार्टी कार्यालयमा तालाबन्दी

२०७० कार्तिक ११ गते ६:१७

कञ्चनपुर, ११ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कञ्चनपुरको कार्यालयमा भ्रातृ संगठनका कार्यकर्ताहरुले तालावन्दी गरेका छन् । राप्रपा नेपालकै भ्रातृ सङ्गठन युवा मोर्चा सेती–महाकालीले चारबुँदे माग राख्दै पार्टी कार्यालयमा सोमबार बिहानदेखि तालाबन्दी गरेको हो । मोर्चाले जारी गरेको विज्ञप्तिमा पार्टीको मर्यादा र सिद्धान्तविपरीत नेतृत्वपङ्क्ति चलेको, समानुपातिकतर्फका...

‘देशलाई समृद्ध बनाउन एमाले मात्रै सक्षम’

२०७० कार्तिक ११ गते ५:१०

काठमाण्डु, ११ कात्तिक–नेकपा एमाले महासचिव ईश्वर पोखरेलले देश र जनताको समृद्धिकालागि आफ्नो पार्टीलाई स्पष्ट बहुमत दिन मतदातासँग आग्रह गरेका छन् । काठमाण्डु निर्वाचन क्षेत्र नं ५ अन्तर्गत सोमबार बिहान सुकेधारामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान निर्माणपछि देशलाई आर्थिक समृद्धितर्फ लैजान एमाले मात्रै सक्षम...

फोरम लोकतान्त्रिकले घोषणापत्र सार्बजनिक गर्दै

२०७० कार्तिक ११ गते ४:००

काठमाण्डु, ११ कात्तिक–संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने प्रस्तावसहित मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सोमबार चुनावी घोषणापत्र सार्बजनिक गर्दैछ । काठमाण्डुको एक होटलमा अपरान्ह पत्रकार सम्मेलन गरी घोषणापत्र सार्बजनिक गर्ने फोरम लोकतान्त्रिकका प्रवक्ता जितेन्द्र देवले जानकारी दिए । ५१ प्रतिशतको सामान्य बहुमतमा प्रधानमन्त्री छान्ने, हटाउनुपर्दा ६०...

उदयपुर र नवलपरासीमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

२०७० कार्तिक ११ गते ३:४९

काठमाण्डु, ११ कात्तिक–उदयपुर र नवलपरासीमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् । उदयपुरको सिरेसेमा ज १ ज १७६ नम्बरको टाटासुमो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा खोटाङका ३० वर्षीय बालकुमार खत्री,...

शरणार्थी शिविरमा आगलागी, १८ जना घाइते

२०७० कार्तिक ११ गते ३:४७

विराटनगर, ११ कात्तिक–मोरङको शनिश्चरे–१ स्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा १८ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको आम्दा अस्पतालमा उपचार भैरहेको छ । शरणार्थी शिविरको सेक्टर के–३ छाप्रोनम्बर २ बाट आगो शुरु भएको थियो । टेकबहादुर राइको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us