
कञ्चनपुर, ११ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कञ्चनपुरको कार्यालयमा भ्रातृ संगठनका कार्यकर्ताहरुले तालावन्दी गरेका छन् ।
राप्रपा नेपालकै भ्रातृ सङ्गठन युवा मोर्चा सेती–महाकालीले चारबुँदे माग राख्दै पार्टी कार्यालयमा सोमबार बिहानदेखि तालाबन्दी गरेको हो ।
मोर्चाले जारी गरेको विज्ञप्तिमा पार्टीको मर्यादा र सिद्धान्तविपरीत नेतृत्वपङ्क्ति चलेको, समानुपातिकतर्फका उम्मेदवार छनोट गर्दा पारदर्शिता नअपनाइएको र पार्टीका महाकाली संयोजकले राजीनामा दिनुपर्नेलगायतका माग गरिएको छ । रासस