उदयपुर र नवलपरासीमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ३:४९ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक–उदयपुर र नवलपरासीमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।

उदयपुरको सिरेसेमा ज १ ज १७६ नम्बरको टाटासुमो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा खोटाङका ३० वर्षीय बालकुमार खत्री, ७० बर्षीय नारायण प्रसाद पोखरेल र धरानकी २४ बर्षीया सपना रानामगर रहेकी छिन् । अन्य २ जनाको सनाखत नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका सबैलाई उपचारको लागि न्युरो अस्पताल र नोबेल अस्पताल विराटनगर पठाईएको छ ।

आइतबार बेलुकी कटारीबाट घुर्मी तर्फ जाँदै गरेको ज १ ज १७६ नम्वरको टाटा सुमो कुहिरो र बर्षाको कारण अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटना पछि चालक फरार रहेकाले खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोटमा यात्रुबाहाक बस र मोटरसाईकल आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । गएराती १२ बजे लु १ ख ८०७१ नम्बरको बसको ठक्करबाट लु १२ प ८४०२ नम्बरको मोटरसाईकल चालक स्थानीय ३० बर्षीय रमेश परियारको मृत्यु भएको गैडाकोट प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us