निर्वाचन सुरक्षामा खटिएका गाडीका चालक फरार

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ८:०० मा प्रकाशित

इलाम, ११ कात्तिक–निर्वाचन सुरक्षा अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीसमेतको सुरक्षा टोली लिएर फर्केको गाडीका चालक बाटैमा गाडी छाडेर फरार भएका छन् ।
इलामको क्षेत्र नं–२ मा प्रजिअ बाबुराम खतिवडा, कालीध्वज गणका गणपतिसमेतको टोली अनुगमनपछि फर्कनेक्रममा चालक गाडी अलपत्र छाडेर फरार भएका हुन् । मङ्गलबारे बजार छेउमा आइपुगेपछि जिल्ला शिक्षा कार्यालय इलाममा कार्यरत गाडीचालक छत्र विष्ट पिसाब फेर्ने बहाना बनाएर बेपत्ता भएको र उनको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताए ।    प्रजिअका गार्डसमेत अन्य सुरक्षाकर्मी रहेको शिक्षा कार्यालयको गाडी भने प्रहरीले सदरमुकाम ल्याइपु¥याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us