
काठमाण्डु, ११ कात्तिक–चुनाव विरोधी गतिविधि सन्चालन गर्दै आएको नेकपा–माओवादी काठमाण्डु क्षेत्र नम्बर १० को कार्यालयमा प्रहरीले छापा मारेको छ । सोमबार विहान कीर्तिपुरस्थित कार्यालयमा प्रहरीले छापा मारेर चुनाव विरोधी प्रचार सामग्री नियन्त्रणमा लिएको छ ।
प्रहरीले कार्यालयका सबै सामान नियन्त्रणमा लिएर लगेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन बहिस्कार गर्न र प्रचार प्रसार गर्न पाउने अधिकार रहेपनि सरकार र सुरक्षा निकायले माओवादीप्रति दमनको नीति लिएको भन्दै प्रवक्ता भुसालले विरोध जनाएकी छन् ।