
काठमाण्डु, ११ कात्तिक–संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने प्रस्तावसहित मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सोमबार चुनावी घोषणापत्र सार्बजनिक गर्दैछ । काठमाण्डुको एक होटलमा अपरान्ह पत्रकार सम्मेलन गरी घोषणापत्र सार्बजनिक गर्ने फोरम लोकतान्त्रिकका प्रवक्ता जितेन्द्र देवले जानकारी दिए ।
५१ प्रतिशतको सामान्य बहुमतमा प्रधानमन्त्री छान्ने, हटाउनुपर्दा ६० प्रतिशत आवश्यक पर्ने र राष्ट्रपतिलाई सिमित अधिकार दिने फोरम लोकतान्त्रिकको घोषणापत्रमा उल्लेख छ ।
यसैगरी जातीय र क्षेत्रीय आधारमा तराईमा २ सहित १० प्रतिशतको परिकल्पना गरिएको छ । फोरम लोकतान्त्रिकले तराईमा स्वायत्त मधेस प्रदेश र स्वायत्त थरुहट प्रदेश प्रस्ताव गरेको छ । यसैगरी हिमाल र पहाडलाई समेटेर १० प्रदेश बनाउन प्रस्ताव गरिएको पार्टी प्रवक्ता देवले जानकारी दिए ।