वैद्य माओवादीको आक्रमणबाट इलामका एमाओवादी उम्मेदवार रमेश लिङ्देनसहित ३ जना घाइते

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ८:२० मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– नेकपा–माओवादीका कार्यकर्ताहरुको आक्रमणबाट एकीकृत नेकपा माओवादी इलाम क्षेत्रनम्बर २ का उम्मेदवार रमेश लिङ्देन सहित तीनजना घाइते भएका छन् । माओवादी कार्यकर्ताहरुले पाँचथर सारङडाँडाको दशमी बजारमा लिङ्देनमाथि आक्रमण गरेका हुन् । उनी रवीबजारमा पाँचथर र इलामको संयुक्त जनसभालाई सम्वोधन गरी फर्किदै थिए ।

आमसभा विथोल्ने प्रयास असफल भएपछि खुकरी, ढुङ्गा र लठ्ठी बोकेका २५–३० जना माओवादी कार्यकर्ताहरुले आक्रमण गरेको एकीकृत माओवादी इलामले जनाएको छ । प्रत्यक्ष उम्मेदवार लिङ्देन र समानुपातिक तर्फका उम्मेदवार श्रीप्रसाद जबेगुलाई लक्षित गरी वैद्य माओवादी कार्यकर्ताहरुले आक्रमण गरेको एमाओवादी इलाम जिल्ला सचिव छवि खनालले जानकारी दिए । जबेगु भने भागेर सुरक्षित स्थानमा पुगेका थिए । आक्रमणकारीले लिङ्देन सवार एउटा जीप र केही मोटरसाइकलमा पनि तोडफोड गरेका छन् ।

आक्रमणपछि मात्रै घटनास्थल पुगेको प्रहरीले एकीकृत माओवादी नेता–कार्यकर्ताहरुलाई फाक्तेक प्रहरी चौकीमा सुरक्षा दिएर राखेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us