शरणार्थी शिविरमा आगलागी, १८ जना घाइते

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ३:४७ मा प्रकाशित

विराटनगर, ११ कात्तिक–मोरङको शनिश्चरे–१ स्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा १८ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको आम्दा अस्पतालमा उपचार भैरहेको छ ।

शरणार्थी शिविरको सेक्टर के–३ छाप्रोनम्बर २ बाट आगो शुरु भएको थियो । टेकबहादुर राइको सो छाप्रोबाट शुरु भएको आगोमा जलेर ३ वटा छाप्रा नष्ट भएका छन् । आगो निभाउने क्रममा थप ३ वटा छाप्रा भत्काइएको छ ।

आगो निभाउन भेला भएकाहरु ग्याँस सिलिण्डर विष्फोट भएर घाइते भएका इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक बुद्ध श्रेष्ठले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us