काँग्रेस सभापतिको गाडिमा आगजनी प्रयास,एमाले कार्यालयमा बम,नरहरीको गाडि पनि जल्यो

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ११:३१ मा प्रकाशित

sushil_koiralaकाठमाण्डु, ११ कात्तिक–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको चुनाव प्रचारमा प्रयोग भएको गाडिमा अज्ञात समूहले आगजनीको प्रयास गरेको छ । बाँकेको नेपालगन्जस्थित पार्टी कार्यालय अगाडी रोकिराखेको भे १ च ९१७ नम्बरको गाडिमा अज्ञात समूहले पेट्रोल छर्किएर आगो लगाउन खोजेको थियो । तर, स्थानीय कार्यकर्ताको प्रतिकार पछि प्रयास विफल भएको नेपाली काँग्रेस बाँकेले जनाएको छ । नेपाली कांग्रेस बाकेका सभापति डा. अरुण कोइरालाका अनुसार मुखमा माक्स लगाएर आएका दर्ुइ व्यक्तिले गाडीको टायरमा पेटा्रेल र्छर्केर आगो लगाइदिएका हुन । नेपाली कांग्रेस प्रचार प्रसार समितिले घटनाको घोर निन्दा गर्दै दोषीमाथी कारवाहीको माग गरेको छ ।

नरहरीको गाडि पनि जल्यो

यसैगरी काठमाण्डुमा पनि काँग्रेस केन्द्रीय सदस्य नरहरी आचार्यको गाडिमा पनि अज्ञात समूहले आगजनी गरेको छ । धापासीको कृष्णमन्दिर नजिक बा ६ च ४१९ नम्बरको गाडिमा आगजनी भएको हो । आगजनीबाट गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । आचार्य काठमाण्डु क्षेत्रनम्बर ५ का प्रत्यक्षतर्फका उम्मेदवार समेत हुन् ।vehicle

नरहरि आचार्यको फेसबुक पेजमा राखिएको अपिल-

आज बिहान २०७० कात्तिक ११ गते, चुनाव प्रचारका क्रममा धापासी कृष्ण मन्दिरको छेउमा पार्किङ् गरिराखेको मैले प्रयोग गरेको गाडी, पहिचान लुकाउन खोज्ने व्यक्तिहरुले जलाएका छन्। साथै मेरो धापासीस्थित चुनाव कार्यालयमा पनि क्षति पुर्याएका छन्। मलाई लाग्छ, चुनाव नचाहने र गत केही दिनदेखि नेपाली कांग्रेसका पक्षमा देखिएको जनलहरबाट आत्तिएकाहरु नै हाम्रो विजय-अभियानलाई अवरुद्ध पुर्याउन यस्तो काममा उद्दत हुन सक्छन्। यो पत्ता लगाउने जिम्मेवारी वर्तमान चुनावी सरकारको हो। त्यसैले यो कार्य जसले गरेको भए पनि भर्त्सना योग्य छ। साथै चुनाव सम्पन्न गर्न सरकारले लागू गरेको सुरक्षा प्रबन्ध अत्यन्त कमजोर छ भन्ने पनि यसले देखाएको छ।
चुनावी अभियानमा मलाई उत्साहपूर्वक साथ दिइरहेका सबै साथीहरु, शुभेच्छुक एवम् मतदाताहरुलाई यसबाट विचलित नहुन र हाम्रो विजय अभियानमा सरिक भैरहन हार्दिक अपिल गर्दछु।

एमाले कार्यालयमा बम

यसैबीच नवलपरासीको तिलकपुर गाउँ विकास समितिस्थित बासाचोक नजिक रहेको एमाले चुनाव समितिको कार्यालय अगाडि राखिएको बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । गएराति पार्टीको सम्पर्क कार्यालय अगाडि प्लाष्टिकमा बेरेर राखेको अवस्थामा फेला परेको बमलाई बुटवलस्थित नेपाली सेनाको २२ नम्बर बाहिनीको टोलीले निष्कृय बनाएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us