दमकमा पनि डेङ्गु

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ८:४२ मा प्रकाशित

झापा, १० कात्तिक– मेची नगरबाट दुई महिनाअघि सुरु भएको डेङ्गुको प्रकोप दमक नगरपालिकामा पनि देखा परेको छ ।

dengue-mosquito

झापाको पूर्वी सीमावर्ती नगरपालिका मेची नगरबाट ५० किलोमिटर पश्चिममा पर्ने दमकमा डेङ्गु देखिएपछि डेङ्गु ज्वरोबाट सङ्क्रमितको सङ्ख्या एक सयको हाराहारीमा पुगेको छ । यसको प्रकोपबाट मेचीनगरमा ५२, दमक नगरपालिकामा २० जना र यसका साथै विर्तामोड, चारपानेलगायतका ठाउँमा पीडित व्यक्तिको सङ्ख्या सयको हाराहारीमा पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यस बाहेक कतिपय बिरामीले सोझै भारतको सिलगुढी र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउने गरेका छनन् । सिलगुढी र विपी कोइराला अस्पतालमा उपचार गराउनेको तथ्याङ्क जिल्ला जनस्वासथ्य कार्यालयसँग नहुने हुँदा डेङ्गु प्रभावित अझ बढी हुन सक्ने सो कार्यालयले उल्लेख गरेको छ ।

दिउँसोको समयमा सक्रिय हुने डेङ्गु लगाउने लामखुट्टेबाट बच्न घरभित्र र वरिपरी पानी जम्न दिन हुँदैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us