काँग्रेसको विकल्पमा फोरम लोकतान्त्रिकः गच्छदार

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १:१६ मा प्रकाशित

Bijayविराटनगर, १० कात्तिक– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले नेपाली कांग्रेसको विकल्पमा फोरम लोकतान्त्रिकको स्थापना गरेको दावी गरेका छन् ।

कांग्रेसले देश चलाउन नसकेपछि फोरमको स्थापना भएको दावी गर्दै गच्छलदारले आगामी १० वर्षभित्र फोरम लोकतान्त्रिक देशको सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित हुने समेत दावी गरे ।

जन आन्दोलन–२ को उपलब्धिलाई पूर्णता दिन आफ्नो मत्वपूर्ण भूमिका रहेको भन्दै उनले विराटनगरस्थित चाँदनीचोकमा आइतबार भएको चुनावीसभालाई सम्बोधन गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us