सिन्धुपाल्चोक २ मा द्विपक्षीय, १ र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ५:४३ मा प्रकाशित

Agniचौतारा, १० कात्तिक–पहिलो संविधानसभा निर्वाचनमा तीनै क्षेत्र कब्जा गरेको एकीकृत नेकपा माओवादीले यो पटक पनि तीनवटै सीट कब्जा गर्ने उक्त सीट कायम राख्ने योजना अघि सारेको छ । उसको योजना राजनीतिक, वैचारिक र प्राविधिक तहको रहेको प्रचार विभाग प्रमुख गोविन्द पराजुलीले जानकारी दिए । ‘पार्टीको चुनावी प्रतिवद्धतापत्र सबैभन्दा उत्कृष्ट, राजनीतिक एजेण्डा स्पष्ट र युवा परिचालनमा वैज्ञानिक योजनाले हामी तीनैसीट बाजी मार्छौं’ पराजुलीले भने ।

पहिलाको साख कायम राख्न एमाओवादीले जिल्लामा रहेको झण्डै २ सय पूर्वपीएलए र ५ सय वाइसीएल सदस्यलाई संयुक्तरुपमा परिचालन गर्ने नीति लिएको छ । जनयुद्धमा खारिएर आएका पूर्वपीएलए र वाइसीएल सम्मिलित टोलीले जिल्लाभर युवा पङ्तिमा जुझारु सन्देश दिइरहेको युवा परिचालन समितिका संयोजक युवराज दुलालले जानकारी दिए ।

छोटै समयमा उर्लेको चुनावी सरगर्मीले तीनै क्षेत्रमा माओवादीको प्रभाव पहिलो नम्बरमा रहेको जिल्लास्थित बुद्धिजीविहरुले प्रारम्भिक आँकलन गरेका छन् । जिल्लाको मध्यभाग क्षेत्र नं. २ मा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाको प्रभाव बलियो छ । उनको प्रतिस्पर्धी एमाले उम्मेदवार सुभाष कर्माचार्य रहने अड्कल गरिएको छ । पहिलो चुनावमा प्रतिद्वन्दी कर्माचार्यभन्दा २० हजार मत बढी ल्याई जितेका सापकोटाको प्रभाव बलियो र जिल्लामै आधार इलाकाको रुपमा रहेको जुझारु सङ्गठनका कारण पहिलेको मतान्तर प्रतिशत कायम रहने सम्भावना छ ।

राप्रपा उम्मेदवार विष्णुबिक्रम थापा र काङ्ग्रेस उम्मेदवार विकास लामा तेस्रो नम्बरका लागि प्रतिस्पर्धामा छन् । जिल्लाका स्रोतहरुका अनुसार एमाले, काङ्ग्रेस र राप्रपा तीनै पार्टी मिल्दा पनि प्रवक्ता सापकोटालाई हराउन नसकिने देखेपछि गोप्य तालमेल गर्ने योजनाबाट उनीहरु पछि हटेका छन् ।

saral sahayatri poudelयता क्षेत्र नं. १ मा एमाओवादी, काङ्ग्रेस र एमालेको त्रिपक्षीय भिडन्त हुने देखिन्छ । दाजु र बहिनी सहिद भएको परिवारका पूर्वब्रिगेड कमाण्डर युवा उम्मेदवार सरल सहयात्री पौडेलको पक्षमा लहर आएको सर्वसाधारणको भनाई छ । जनयुद्धमा वलिदान, त्याग गरेको र सगरमाथा आरोहणसमेत सफलतापूर्वक गरिसकेका युवा पौडेलले क्षेत्रनम्बर १ मा पनि एमाओवादीकै पक्षमा मत बलियो रहेको दावी गरे । यद्यपि चुनावमा एमाओवादी र एमालेबीच कडा प्रतिस्पर्धा हुने अड्कल गरिएको छ ।

काङ्ग्रेसका मोहनबहादुर बस्नेत र एमालेका अरुण नेपाल पहिलो चुनावमा माओवादीसँग भारी मतान्तरले पराजित भएका थिए । पुरानै अनुहार सारेका काङ्ग्रेस र एमालेलाई यसपटक पनि चुनाव जित्न कठिन रहेको भनाइ बाहिर आइरहेका छन् ।

Bil B. rayemagiत्यसैगरी क्षेत्र नं. ३ मा एमाओवादीका बिलबहादुर रायमाझी, एमालेका शेरबहादुर तामाङ र राप्रपाका पशुपति शम्सेर राणाबीच त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाल एकाएक उम्मेदवार बन्न आएको र काङ्ग्रेसको साङ्गठनिक अवस्था कमजोर भएकोले उनको स्थान चौथो हुने अड्कल सर्वसाधारणले गरेका छन् ।

Mohan-Basnetपूर्वसभासद् दावा तामाङ ड्यास माओवादीमा गएकोले एमाओवादीलाई सजिलो नभए पनि एमालेभित्र आन्तरिक झगडा उत्कर्षमा पुगेको, एमाले पूर्वसभासद ल्हाक्र्याल लामा एमाओवादी प्रवेश गरेको र एजेण्डाबिहीन राणालाई पछि पार्दै थोरै मतअन्तरले बाजी मार्ने दाउमा एमाओवादी रहेकोे छ । क्षेत्रनम्बर ३ का माओवादी उम्मेदवार भद्र, शालीन र निम्नवर्गीय परिवारका भएकोले उनीप्रति सर्वसाधारणको सहानुभूति बढ्दो क्रममा छ ।

चुनाव मिति नजिक आइरहेकोले जिल्लामा क्रियाशील ४ दल एमाओवादी, काङ्ग्रेस, एमाले, राप्रपा र अन्य दलकासमेत ५४ उम्मेदवार भोट माग्न गाउँगाउँमा क्रियाशील छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us