द्वन्द्वपीडितको चेतावनी: हाम्रा माग सम्बोधन नभए छुट्टै नागरिक आयोग बनाउँछौं

काठमाण्डु टुडे २०८२ वैशाख २७ गते १४:२३ मा प्रकाशित

काठमाण्डू, २७ वैशाख द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रिया खारेज गरी नयाँ प्रक्रिया सुरु गर्न माग गर्दै काठमाण्डूको माइतीघरमा विरोध प्रदर्शन जनाएका छन ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूची प्रकाशन गरिसकेको छ ।

उक्त सूचीप्रति द्वन्द्वपीडितले असन्तुष्टि जनाएका छन् । पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरुले माइतीघरमा विरोध गरेका हुन । उनीहरुले आम द्वन्दपीडित समुदायलाई पूणरुपमा उपेक्षा गरी अपारदर्शी, देखावटी र भागबन्डाका आधारमा आयोगमा सिफारिस गर्न लागिएको आरोप समेत उनीहरुको छ ।

पीडित समुदायको माग सम्बोधन नभए पीडितहरुको अनुवाइमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी समेत दिएका छन । यसअघि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सहभापति शेरबहादुर देउवालाई भेटेर पीडित पक्षबाट पनि आयोगमा राखिनुपर्ने माग समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us