पूर्वराजा ज्ञानेन्द्र लक्षित ओलीको टिप्पणीः देशलाई कंगाल बनाएकामा लाज लाग्दैन ?

काठमाण्डु टुडे २०८२ वैशाख २७ गते १५:०९ मा प्रकाशित

काठमाण्डू, २७ वैशाख– प्रधानमन्त्री केपी ओलीले पूर्वराजाहरूको शासनकालप्रति कडा आलोचना गर्दै उनीहरूको नेतृत्वले मुलुकलाई गरिबी र पछौटेपनमा थिचेको आरोप लगाएका छन् ।

शनिबार राजधानीमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कडा रुपमा प्रस्तुत भए । देशलाई वर्षौंसम्म विकासबाट वञ्चित राख्नेहरुले राजनीतिमा सक्रिय हुन जनताको साथ माग्नु अचम्मको कुरा भएको उनको भनाइ थियो ।

‘देशलाई वर्षौंसम्म विकासबाट वञ्चित राख्नेहरू आज फेरि राजनीतिमा सक्रिय हुन खोज्दैछन्’, अ‍ोलीले भने, ‘जनतासँग साथ मागिरहेका छन् । जुन अचम्म लाग्दो कुरा हो ।’
देशलाई कंगाल बनाउनेहरू नै फेरि अगाडि आउन लाज मान्नुपर्ने उनले बताए ।

उनले लोकतान्त्रिक व्यवस्थाले पछिल्ला तीन दशकमा उल्लेखनीय प्रगति गरेको दाबी गरे । तथ्यांकले विगतको तुलनामा विकासदर उच्च रहेको देखाउने ओलीशले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us