हेटौडामा एमाओवादी उम्मेदवारको गाडी जलाइयो

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ४:५७ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– एकीकृत नेकपा माओवादी मकवानपुर क्षेत्रनम्बर ३ का उम्मेदवार प्रल्हाद लामिछानेको चुनाव प्रचारमा प्रयोग हुँदै आएका एक गाडि अज्ञात समूहले आगजनी गरेको छ ।

हेटौडा ५ पिप्लेका सन्तोष सापकोटाको घरमा पार्किङ गरि राखिएको बा ८ च ५९५६ नम्बरको टाटा डीआई गाडि शनिबार राती १ बजे अज्ञात समूहले आगजनी गरेको हो । सो गाडी सापकोटाकै हो । एमाओवादी उम्मेदवार लामिछानेले सो गाडि चुनाव प्रचार प्रसारमा प्रयोग गर्दै आएका थिए ।

आगजनीबाट गाडिको अगाडीको भाग क्षतिग्रस्त भएको छ । आगजनीबाट डेढ लाख बराबरको क्षति भएको गाडि धनी सापकोटाले जानकारी दिए ।

घटनाको जिम्मा कसैले नलिए पनि चुनाव विरोधी दलहरुले आगजनी गरेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।

काँग्रेस कार्यालयमा बम !
स्थानीय प्रशासनले जिल्लाको सुरक्षा ब्यवस्था बलियो पारेको बताईरहेको बेला दाङका स्थानीयले पनि सुरक्षामा जागरुकता देखाएका छन् । स्थानीयले कुनै शंका लागेको बस्तु भेटाएमा प्रहरीलाई खबर गर्ने बानीको विकास भएको छ ।

घोराहीमा आइतबार विहान नेपाली काँग्रेस पार्टी कार्यालय परिसरमा शंकास्पद बस्तु देखियो । आतंकित स्थानीयले तुरुन्तै प्रहरीलाई खबर दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी टोली सबै त्यहाँ पुगे । साथमा नेपाली सेनाको बम डिस्पोजल टोली पनि थियो । त्यो शंकास्पद बस्तु परिक्षण गर्दा बिग्रिएको टर्चलाईट मात्र भेटियो । बिग्रेको टर्चलाईट कागजमा राखेर फालेको पुष्टि भएपछि वरपरको वातावरण शान्त भयो ।

प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले आतंकीत पार्ने मनसायबाट नराखिएको र स्थानीयले अपरझटमा त्यो बस्तु फालेको प्रतिकृया दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us