काठमाण्डु, २० कात्तिक–राष्ट्रिय निर्वाचन पर्यवेक्षण परिषद् नेपालले संविधानसभा निर्वाचलाई बहिस्कार गर्दै नेकपा–माओवादीले गर्ने भनेको बन्दले आम नागरिकको दैनिक जीवनमा गम्भीर असर पार्ने भन्दै अविलम्ब सो बन्द फिर्ता दिन अपिल गरेको छ । परिषद्का अध्यक्ष सुदीप पाठकले बन्दले रोजगारी, व्यापारलगायत संविधानसभा निर्वाचन २०७० लाई गम्भीररूपमा...
काठमाण्डु, २० कात्तिक–निर्वाचन आयोगले अर्काे संविधानसभाको निर्वाचनका लागि आ–आफ्ना पार्टीका चुनावी कार्यक्रममा भाग लिन जानका लागि विभिन्न राजनीतिक दलका नेतालाई हेलिकोप्टर प्रयोग गर्न अनुमति प्रदान गरेको छ । आयोगका प्रवक्ता राईका अनुसार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाई कात्तिक २७ गते संखुवासभा,सोही पार्टीका वरिष्ठ नेता...
जाजरकोट, २० कात्तिक–जाजरकोटको खगेनकोट गाविस–७ बुधबार विहान नेकपा एमालेका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली काँग्रेसका एक कार्यकर्ता घाइते भएका छन् । खगेनकोट–७ का काँग्रेस कार्यकर्ता २८ वर्षीय नरबहादुर खत्री खुकुरी प्रहारबाट घाइते भएका हुन् । एमाले कार्यकर्ता धनबहादुर चदाराको खुकुरी प्रहारबाट खत्री घाइते भएको काँग्रेस...
सप्तरी, २० कात्तिक–संविधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा भारतीय नम्बरप्लेटको मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ । निर्वाचनमा सुरक्षा सम्वेदनशीलता एवम् अपराधिक तत्वको सम्भावित प्रवेशलाई दृष्टिगत गरी बुधवारदेखि निर्वाचनको दिन मङ्सिर ४ गतेसम्मका लागि जिल्लामा भारतीय नम्बरप्लेटको मोटरसाइकल सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
काठमाण्डु, २० कात्तिक–निर्वाचन आयोगले एकीकृत नेकपा माओवादीका समानुपातिक उम्मेदवार बालकृष्ण ढुङ्गेल र उशा फकिर शाहाको उम्मेदवारी रद्ध गरेको छ । ढुङ्गेललाई सर्वोच्च अदालतले सर्वस्व सहित जन्म कैद सुनाएको र शाहाले राष्ट्रिय मुस्लिम आयोगको सदस्य पदमा रहेर सरकारी सुविधा लिइरहेकोले समानुपातिकको बन्दसूचीबाट नाम हटाइएको आयोगका...
काठमाण्डु, २० कात्तिक–एकीकृत नेकपा माओवादीले आगामी चुनावमा कसैसँग तालमेल नगरेको स्पष्ट पारेको छ । यही कात्तिक १५ गते राजधानीबाट प्रकाशित एक पत्रिकाले ‘एमाओवादी र राप्रपाबीच तालमेल’ शीर्षकको समाचार छापेपछि एमाओवादीले तालमेलको कुरा भ्रामक भएको जनाएको छ । एमाओवादी प्रवक्ता अग्नीप्रसाद सापकोटाले बुधबार विज्ञप्ती निकालेर...
महोत्तरी, २० कात्तिक–महोत्तरीमा दुईजना भारतीय नागरिक बुधबार हतियार सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सीतामढीका मिथिलेश कुमार सिंह र रत्नेशकुमार यादव रहेका छन् । उनीहरुको साथबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद भएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको...
काठमाण्डु, २० कात्तिक–नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य फुल्मु शेर्पा एकीकृत नेकपा माओवादीमा प्रवेश गरेकी छन् । एमाले निकट लोकतान्त्रिक शेर्पा संघकी केन्द्रीय कोषाध्यक्ष तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी शेर्पाले बुधबार विज्ञप्ति निकालेर पार्टी परित्याग गर्दै एमाओवादीमा प्रवेश गरेको घोषणा गरेकी हुन्...
काठमाण्डु २० कात्तिक–गृह मन्त्रालयले केही दिनयता सार्वजनिक स्थानमा विष्फोटकजन्य वस्तु एवम् विस्फोटकजन्य जस्तो देखिने शङ्काष्पद वस्तु राखी आम जनमानसमा त्रास र भय उत्पन्न गर्न खोजिएको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले बुधवार विज्ञप्ति जारी गरी निर्वाचन विरोधी तथा कानुनले निषेध गरेका कुनै पनि...
काठमाण्डु, २० कात्तिक–शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्र्तिका लागि लिएको परीक्षाको नतिजा समयमै प्रकाशित गर्न नसक्ने भएको छ । शिक्षा ऐन अनुसार परीक्षा लिएको ६ महिना भित्र नतिजा प्रकाशन गर्नुपर्ने आयोगलाइ बाध्यता छ । तर, आन्तरिक तयारीमा ढिलाइ भएकाले आयोगले परीक्षाको नतिजा कात्तिक महिना...
काठमाण्डु, २० कात्तिक– फोटो सहितको मतदाता परिचयपत्र छाप्न नभ्याएर अस्थायी परिचयपत्र छाप्न शुरु गरेको निर्वाचन आयोगले त्यही अस्थायी परिचयपत्र पनि सबै मतदाताको हातमा पुर्याउन नसक्ने भएको छ । समय अभाव र भौगोलिक विकटताकारण सबै ठाउँका मतदातालाई अस्थायी परिचयपत्र पुर्याउन नसक्ने आयोगको भनाइ छ ।...
काठमाण्डु, २० कात्तिक–मिथिलाञ्चलको महान् पर्व छठ बुधबारबाट विधिवत रुपमा सुरु भएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने चारदिने छठ पर्व मिथिलाञ्चलसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ । छठ पर्वको पहिलो दिन आज व्रतालुहरुले नुहाएर खाने विधि पूरा गरी छठ...