समाचार

एमाले कार्यकर्ता र स्थानीय युवाबीच झडप, १८ जना घाइते

२०७० कार्तिक २१ गते १०:०१

धनगढी, २१ कात्तिक–कैलालीको रामशिखरझाला गाविस ५ जनकपुरमा बुधबार साँझ नेकपा एमालेका कार्यकर्ता र स्थानीय युवा समूहबीच झडप हुँदा दुबैतर्फ गरी १८ जना घाइते भएका छन् । पिकनिक खाएर फर्किरहेका स्थानीय युवाहरू र एमाले क्षेत्रनम्बर ४ को चुनावी सभामा सहभागी एमाले कार्यकर्ताहरुबीच झडप भएको हो...

निर्वाचन सर्दैन, ढुक्क हुनुस्: कोइराला

२०७० कार्तिक २१ गते ८:३५

भरतपुर, २१ कात्तिक– काँग्रेस सभापति सुशील कोइरालाले ४ मंसिरको निर्वाचन स्थगन हुने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । तिहार मानेर निर्वाचन अभियानका लागि राजधानीबाट बिहीबार चितवन पुगेका कोइरालाले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग तोकिएकै मितिमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरे । उनले सबै दल...

गरीबले जन्माएको संविधानसभा सफल पारौं : प्रचण्ड

२०७० कार्तिक २१ गते ६:४५

सुनसरी, २१ कात्तिक–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा नारायणहिटी, सिंहदरवारबाट नभई गाउँका झुपडीबाट आएको बताएका छन् । गरीब, उत्पीडित जनताको रगत पसिनाबाट जन्मेको संविधानसभालाई सफल पार्ने जिम्मेवारी तिनै जनताको काँधमा रहेको उनको भनाइ छ । मेची महाकाली राष्ट्रिय जागरण अभियान अन्तरगत विहीबार...

‘मजदुर किसानको पक्षमा संविधान लेख्छौं’

२०७० कार्तिक २१ गते ६:१३

मङ्गलबारे, २१ कात्तिक–नेकपा एमाले इलाम निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुवास नेम्वाङले मुलुकलाई शान्ति र समृद्धितर्फ उन्मुख गराउन आफ्नो दल तयार रहेको बताएका छन् । त्यसका लागि एमालेको जित सुनिश्चित हुनुपर्ने उनको भनाइ छ । विहीबार विहान इलामको चुलाचुलीमा पत्रकारसँग कुरा गर्दै उनले...

भारतीय मोटरसाइकल चलाउन रोक

२०७० कार्तिक २१ गते ४:४७

राजविराज, २१ कात्तिक–सप्तरी जिल्ला प्रशासनले विहीबारबाट जिल्लामा भारतीय मोटरसाइकल सञ्चालनमा निषेध गरेको छ । आसन्न संविधानसभा निर्वाचनमा आपराधिक व्यक्तिहरुको सम्भावित प्रवेशलाई ध्यानमा राखी आगामी मंसिर ४ गतेसम्मका लागि भारतीय नम्बरका मोटरसाइकल चलाउन निषेध गरिएको हो । निर्वाचनलाई लक्षित गर्दै भारतीय नम्बरका मोटरसाइकल निषेध गर्ने,...

जागरण अभियान विथोल्न सप्तरी बन्द

२०७० कार्तिक २१ गते ४:४३

राजविराज, २१ कात्तिक–एकीकृत नेकपा माओवादीको जागरण अभियानलाई विथोल्ने उद्देश्यले नेकपा–माओवादीले विहीबार सप्तरी जिल्ला बन्द गराएको छ । नेकपा–माओवादीका जिल्ला इन्चार्ज देवनाथ यादवले विज्ञप्ति जारी गरी जिल्ला बन्दको आह्वान गरेका हुन् । बन्दका कारण विहीबार बिहानैदेखि भाडामा चल्ने ठूला तथा साना सवारी साधन ठप्प हुँदा...

विष सेवनबाट बागबानी अधिकृतको मृत्यु

२०७० कार्तिक २१ गते ४:०३

सोलुखुम्बु, २१ कात्तिक–जिल्ला बागबानी केन्द्र फाप्लु सोलुखुम्बुका बागबानी अधिकृत गणेशराज पाण्डेको विष सेवनबाट मृत्यु भएको छ । बुधबार साँझ करिब ६ बजेतिर विष सेवनपछि उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएकोमा उपचारका क्रममा पाण्डेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापाले जानकारी दिए । कार्यालयकै...

तमलोपा उम्मेदवार खाँको निधन

२०७० कार्तिक २१ गते ३:२०

तौलिहवा, २१ कात्तिक–कपिलवस्तु क्षेत्रनम्बर १ का तमलोपाका प्रत्यक्षतर्फका उम्मेदवार सराफद खाँको निधन भएको छ । खाँको हृदयघातबाट विहीबार विहान निधन भएको हो । बुधबार राती हृदयघात भएपछि उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचार गर्दागर्दै खाँको निधन भएको पारिवारिक स्रोतले जनाएको...

मधेसवादी दल रक्षात्मक हुँदै

२०७० कार्तिक २१ गते ३:१८

कपिलवस्तु, २१ कात्तिक–कपिलवस्तुका पाँचवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारले नागरिकको घरदैलोमा पुगेर मतदातासँग मत माग्ने काम जारी राखेका छन् । हालसम्मको निर्वाचन गतिविधिलाई नजिकबाट नियाल्नेहरुका अनुसार जिल्लामा एमाओवादी, नेपाली काँग्रेस र एमालेको अवस्था यसपालि सुध्रिने स्थितिमा छ भने मधेसवादी दलको साख बच्न गाह्रो...

छठको दोस्रो दिन आज खराना

२०७० कार्तिक २१ गते १:५३

काठमाण्डु, २१ कात्तिक–मिथिलाञ्चलको महान् पर्व छठको दोस्रो दिन विहीबार खराना मनाइंदैछ । जसअन्तर्गत व्रतालुहरुले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात् बिना नुनको खानेकुराहरु खाने गर्दछन् । त्यस्तै शुक्रबार तेस्रो दिन व्रतालुहरुले दिनभरि आ–आफ्ना...

एमाओवादी उम्मेदवारको घरमा तोडफोड

२०७० कार्तिक २१ गते १:३१

इटहरी, २१ कात्तिक– एमाओवादी सुनसरी क्षेत्रनम्बर ६ का उम्मेदवार डम्बर सुवेदीको घरमा तोडफोड भएको छ । सुवेदीको इटहरी २ स्थित घरमा तोडफोड भएको हो । सुवेदी सुनसरी जिल्ला इन्चार्जसमेत हुन् । तोडफोड भएको स्थानमा ‘राष्ट्रवादी आमूल परिवर्तनकारी शक्ति सुनसरी’ लेखिएको पर्चा फेला परेको छ...

एमाओवादीको जागरण अभियान जारी

२०७० कार्तिक २१ गते १:२९

विराटनगर, २१ कात्तिक– एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनलाई लक्षित गर्दै शुरु गरेको मेची–महाकाली जागरण अभियान विहीबार पनि जारी छ । एमाओवादीले झापाको काकडभिट्टाबाट बुधबार अभियान शुरु गरेको थियो । बुधबार पहिलो दिन विर्तामोड, दमक, इटहरी हुदै मोरङको विराटनगर आएर विश्राम लिएको थियो । विराटनगरको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us