
राजविराज, २१ कात्तिक–सप्तरी जिल्ला प्रशासनले विहीबारबाट जिल्लामा भारतीय मोटरसाइकल सञ्चालनमा निषेध गरेको छ । आसन्न संविधानसभा निर्वाचनमा आपराधिक व्यक्तिहरुको सम्भावित प्रवेशलाई ध्यानमा राखी आगामी मंसिर ४ गतेसम्मका लागि भारतीय नम्बरका मोटरसाइकल चलाउन निषेध गरिएको हो ।
निर्वाचनलाई लक्षित गर्दै भारतीय नम्बरका मोटरसाइकल निषेध गर्ने, विभिन्न ठाउँमा ट्राफिक सुरक्षा जाँच बढाउने, अवैध मदिरा उत्पादन, बिक्री–वितरण नियन्त्रणको अभियानलाई तिव्रता दिइएको प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय र विभिन्न इलाका प्रहरी कार्यालयबाट बरामद गरिएको ५ सय लिटर अवैध मदिरा बुधबार जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको थियो ।