समाचार

आमहडताल फिर्ता लिइ राजनीतिक चरित्र देखाउन आह्वान

२०७० कार्तिक २२ गते ८:०३

काठमाण्डु, २२ कात्तिक–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेकपा–माओवादीलगायत निर्वाचनको विपक्षमा रहेका दललाई निर्वाचन विरोधी गतिविधि नगर्न र बन्द, आमहडताललगायतका कार्यक्रम फिर्ता लिन आह्वान गरेका छन । नेपाल प्रज्ञा–प्रतिष्ठानको २८ औँ प्राज्ञसभालाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले नागरिकको मतदान गर्ने नैसर्गिक अधिकारमा कुण्ठित गर्ने वा अवरोध गर्ने...

‘झलनाथ एक नम्बरका बिश्वासघाती’

२०७० कार्तिक २२ गते ७:२६

सर्लाही, २२ कात्तिक–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा लागेको एमाले–काँग्रेसलाई बढार्दै यसपटक एमाओवादीलाई पूर्ण बहुमतका साथ विजयी बनाउन आग्रह गरेका छन । सर्लाहीको लालवन्दीमा शुक्रवार भएको चुनावी सभालाई सम्वोधन गर्दै प्रचण्डले सबैभन्दा बढी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा एमालेका...

एमाओवादी विरुद्ध काँग्रेसको उजुरी

२०७० कार्तिक २२ गते ७:०७

काठमाण्डु, २२ कात्तिक–एकीकृत नेकपा माओवादीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली काँग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ । मेची–महाकाली राष्ट्रिय जागरण अभियानको नाममा आचारसंहिता पालना नगरेको भन्दै काँग्रेसले आयोगमा उजुरी दर्ता गरेको हो । काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, राजन पन्त लगायतको टोलीले प्रमुख...

‘माओवादीलाई संविधान निर्माण प्रक्रियामा ल्याउँछौं’

२०७० कार्तिक २२ गते ७:०६

काठमाण्डु, २२ कात्तिक–नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले चुनाव सम्पन्न भए पछि पनि नेकपा–माओवादीलाई संविधान निर्माण प्रक्रियामा ल्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् । शुक्रबार काठमाण्डुमा भएको पत्रकार भेटघाटमा उनले नेकपा–माओवादीलाई संविधान निर्माण प्रक्रिया भन्दा बाहिर राख्नै नहुने तर्क गरे । ‘वैद्य माओवादीलाई संविधान लेखन...

अपहरित चन्द सकुशल भेटिए

२०७० कार्तिक २२ गते ४:५१

कञ्चनपुर, २२ कात्तिक–कञ्चनपुरको कालागौंडी क्षेत्रबाट अपहरणमा परेका पिपलाडी–७ असैनाका २४ वर्षीय मनोहर चन्द बाँकेको नेपालगन्जमा फेला परेका छन् । जिल्लाको दक्षिणी क्षेत्र हुँदै अपहरणकारीहरुले चन्दलाई बाँके पुर्‍याएर छाडेको र उनी सकुशल अवस्थामा प्रहरीको सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरीनायब उपरीक्षक बृखबहादुर रावलले जानकारी...

आमहड्ताल विफल पार्न सबै सहमत

२०७० कार्तिक २२ गते ३:२२

काठमाण्डु, २२ कात्तिक–आसन्न संविधानसभा चुनाव बिथोल्ने उद्देश्यले नेकपा–माओवादी नेतृत्वको मोर्चाले गर्ने भनिएको आम हडतालको सर्बत्र विरोध भएको छ । औद्योगिक, व्यापारिक तथा व्यावसायिक संघसंगठनहरुले बन्दलाई सबै मिलेर असफल पार्ने र निर्वाचन सफल पार्न एकजुट हुने निर्णय गरेका छन् । जिल्ला सुरक्षा समिति रुपन्देहीले शुक्रबार...

काँग्रेस उम्मेदवारको गाडिमा आगजनी

२०७० कार्तिक २२ गते ३:१५

बनेपा, २२ कात्तिक– काभ्रे क्षेत्रनम्बर ४ का काँग्रेस उम्मेदवार कुमार लामिछानेको चुनाव प्रचारमा प्रयोग हुँदै आएको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ । अरनिको राजमार्ग अन्तर्गत बनेपा – १ मा रोकिराखेको बा ९ च ११२६ नम्बरको जीपमा आगजनी भएको हो । नचिनेका व्यक्तिहरुको समूहले...

एमाओवादी नेताको घर अघि नक्कली बम

२०७० कार्तिक २२ गते ३:०३

काठमाण्डु, २२ कात्तिक–काठमाण्डुको जोरपाटी नयाँबस्तीमा एकीकृत नेकपा माओवादीका नेता गणेश रेग्मीको घर अगाडि नक्कली बम फेला परेको छ । काठमाण्डु क्षेत्रनम्बर ३ का उम्मेदवार समेत रहेका रेग्मीको घर अगाडि प्रेसर कुकरमा जोडिएको तार सहितको  शंकास्पद बस्तु फेला परेको थियो । सो बस्तु बम हुनसक्ने...

चितवन बन्द फिर्ता

२०७० कार्तिक २२ गते ३:०१

चितवन, २२ कात्तिक–कार्यकर्ता पक्राउको विरोधमा नेकपा–माओवादीले शुक्रबारका लागि आह्वान गरेको चितवन बन्द फिर्ता लिएको छ । एकीकृत नेकपा माओवादीका नेता तथा चितवन क्षेत्र नं. ५ का उम्मेदवार अमिक शेरचन चढ्ने गाडीमा आक्रमण गरेको अभियोगमा चितवन प्रहरीले नेकपा–माओवादीका ५ नं. क्षेत्रीय इन्चार्ज टङ्क रेग्मी गोर्खालीलाई...

जनचाहनाअनुसारको संविधान आवश्यक:रेग्मी

२०७० कार्तिक २२ गते २:२६

काठमाण्डु, २२ कात्तिक–मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले विद्यमान सङ्क्रमणकालीन राजनीतिक अवस्था अन्त्य गरी हालसम्मका सबै संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरी शासन व्यवस्था सञ्चालन गर्नु आवश्यक रहेको बताएका छन् । छठ पर्वको अवसरमा शुक्रबार दिएको शुभकामना सन्देशमा अध्यक्ष रेग्मीले जनचाहनाअनुसारको संविधान निर्माण गरी राष्ट्रलाई शान्ति र...

बौद्धमा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु, त्रिशुलीमा ट्रक खस्दा चालकको ज्यान गयो

२०७० कार्तिक २२ गते १:५६

काठमाण्डु, २२ कात्तिक–काठमाण्डुको बौद्धमा भएको कार दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । दुर्घटनामा कार चालक सिन्धुपाल्चोक मेलम्चीका २९ वर्षीय श्याम कुमार कालिगड र कारमा सवार काभ्रेका ४५ वर्षीय शिव कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते सिन्धुपाल्चोक...

एमाओवादीको जागरण अभियान जारी

२०७० कार्तिक २२ गते १:४९

वर्दिवास, २२ कात्तिक– चुनावलाई लक्षित गरी एकीकृत नेकपा माओवादीले शुरु गरेको मेची–महाकाली अभियान शुक्रबार तेस्रो दिन पनि जारी छ ।महोत्तरीको बर्दिवासबाट तेस्रो दिनको अभियान सुरु भएको छ । शुक्रबारको अभियान पर्साको वीरगन्जमा पुगेर सकिनेछ । अभियान अन्तर्गत शुक्रबार महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us