आमहडताल फिर्ता लिइ राजनीतिक चरित्र देखाउन आह्वान

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते ८:०३ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेकपा–माओवादीलगायत निर्वाचनको विपक्षमा रहेका दललाई निर्वाचन विरोधी गतिविधि नगर्न र बन्द, आमहडताललगायतका कार्यक्रम फिर्ता लिन आह्वान गरेका छन । khilraj
नेपाल प्रज्ञा–प्रतिष्ठानको २८ औँ प्राज्ञसभालाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले नागरिकको मतदान गर्ने नैसर्गिक अधिकारमा कुण्ठित गर्ने वा अवरोध गर्ने कार्य राजनीतिक चरित्र भएको कुनै दल वा पक्षलाई नसुहाउने स्पष्ट पारे ।
उनले नागरिकको मताधिकार कुण्ठित गर्ने, अवरोध खडा गर्ने, हिंसात्मक गतिविधि गरी शान्ति सुरक्षामा खलल पु¥याउने लगायतका समाज विरोधी एवम् कानुन प्रतिकूल कार्य गरिए त्यसमा सरकार कडाइका साथ प्रस्तुत भई कानुनबमोजिम कारबाही गरिने बताए ।
निर्वाचनमा कुनै प्रकारको बाधा वा अवरोध होला भन्ने भ्रम वा त्रासमा नपरी पूर्ण सुरक्षित महसुस गर्दै निर्वाचनको महाअभियानमा सहभागी हुन सबैसँग उनले आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us