समाचार

हामी भूमिगत हुने हल्ला निराधार: गजुरेल

२०७० कार्तिक २३ गते १२:०९

इलाम, २३ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफ्नो पार्टी भूमिगत नहुने बताएका छन् । इलाम सदरमुकाममा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भूमिगत हुन लागेको भन्ने हल्लामा सत्यता नरहेको दाबी गरे । सरकारले आफ्ना पार्टीका नेता कार्यकर्ताविरुद्ध अनावश्यक धरपकड जारी राखे भूमिगत...

काँग्रेस कार्यकर्ताले तुइन काटिदिएपछि समस्या

२०७० कार्तिक २३ गते ११:५५

रुकुम, २३ कात्तिक– जिल्लाको पूर्तिमकाँडा र गराएला गाविस जोड्ने भेरी नदीमाथिको तुइन काटिदिएपछि सर्वसाधारणको दैनिक आउजाउ असहज बनेको छ । पूर्तिमकाँडा–३ र गराएला–६ मेगा जोड्ने तुइनको डोरी नेपाली काँग्रेस निकट तरुण दलका कार्यकर्ताले काटिदिएको आरोप स्थानीय जनताले लगाएका छन् । भाइटीकाको दिन पूर्तिमकाँडा–३ गिठाकोटमा...

ताप्लेजुङको एमाले सभामा बम विष्फोट

२०७० कार्तिक २३ गते १०:३४

ताप्लेजुङ, २३ कात्तिक– ताप्लेजुङको खोक्लिङ गाविसमा नेकपा एमालेको चुनावीमा अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटका कारण घाइते भएका सात जनामध्ये दुईको अवस्था गम्भीर भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा मानबहादुर बिक र अर्को एक नाम नखुलेका व्यक्ति छन् ।...

कतै अवरोध रोक्ने सर्वपक्षीय निर्णय, कतै आम हडताल तोड्ने चेतावनी

२०७० कार्तिक २३ गते १०:१४

बागलुङ, २३ कात्तिक– आसन्न निर्वाचनको वातावरण खल्बलिने गरी हुन सक्ने कुनै पनि क्रियाकलाप रोेक्ने सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा शनिबार भएको सर्वपक्षीय भेलाले निर्वाचनका लागि भयरहित वातावरण निर्माण गर्न स्थानीय प्रशासनलाई सहयोग गर्ने निर्णय गरेको हो । जिल्लाका सबै सरोकारवाला...

इलाममा खाद्यान्न मौज्दात राख्न निर्देशन, म्याग्दीमा आपूर्ति सहज बनाइने

२०७० कार्तिक २३ गते १०:०४

इलाम, २३ कात्तिक– नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाले यही कात्तिक २५ गतेदेखि गर्ने भनिएको बन्दमा खाद्यान्न सङ्कट हुन नदिन इलाम उद्योग वाणिज्य सङ्घले खाद्यान्न मौज्दात राख्न व्यापारीलाई निर्देशन दिएको छ । ग्राहकलाई बन्दका समयमा नुन, तेल, चामललगायत दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन जिल्लाका फिक्कल,...

एमाओवादी उत्कर्षमा, यसपाली बाजी मार्छौं: प्रचण्ड

२०७० कार्तिक २३ गते ९:१०

हेटौँडा, २३ कात्तिक– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आसन्न संविधानसभा निर्वाचनमा एमाओवादीले बाजी मार्ने ठोकुवा गरेका छन् । एमाओवादीको पक्षमा देशभर जनलहर उर्लेकोले चुनावमा आफ्नो पार्टीले अप्रत्यासित मत ल्याउने अध्यक्ष प्रचण्डले ठोकुवा गरेका हुन् । मेची–महाकाली जागरण अभियानअन्तर्गत शनिबार मकवानपुरको हेटौँडामा जनसभालाई सम्बोधन...

बहिष्कारले माओवादीलाई नै घाटाः भारतीय नेता

२०७० कार्तिक २३ गते ९:०७

काठमाण्डु, २३ कात्तिक– भारतीय समाजवादी फ्रन्टका राष्ट्रिय संयोजक विजय प्रतापले बहिस्कारले नेकपा–माओवादी आफैलाई घाटा हुने बताएका छन् । उनले भने, ‘यत्रो ठूलो शक्ति सकियो भने त्यसले नेपाली समाजको लागि समेत राम्रो गर्दैन । त्यसैले बहिष्कारले माओवादीलाई घाटा पुग्छ ।’ लोकतन्त्रमा निर्वाचन हुनु आफैमा ठूलो...

एमाओवादी प्रतिक्रियावादी बढार्ने हुरी बनिसक्योः डा. भट्टराई

२०७० कार्तिक २३ गते ९:०६

चितवन, २३ कात्तिक– एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले काँकडभिट्टाबाट सुरु भएको एमाओवादीको मेची–महाकाली राष्ट्रिय जागरण अभियानको हावा चितवनसम्म आँउदा हुरीमा परिणत भइसकेको बताएका छन् । चितवनको भरतपुरमा सो अभियान अन्तरगतको जनसभामा सम्बोधन गर्दै डा. भट्टराईले एमाओवादीले हुरीको रुप लिएको बताउँदै भने, ‘यो हुरीले...

अराजक गतिविधि गर्नेलाई समातेर बुझाऊ: कोइराला

२०७० कार्तिक २३ गते ७:२३

नेपालगञ्ज, २३ कात्तिक– काँग्रेस ससभापति सुशील कोइरालाले कोइरालाले संविधानसभा निर्वाचन विथोल्ने उद्देश्यले हिंसक गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाउन जनतालाई अपिल गरेका छन् । नेपालगञ्ज विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आजका जनताले अराजक र हिंस्रक गतिविधि गर्नेलाई छुट नदिने चेतावनी दिए । उनले...

दोलखाका थामी भन्छन–बिकास हाम्रो प्राथमिकता

२०७० कार्तिक २३ गते ६:२८

दोलखा, २३ कात्तिक–पूर्वी पहाडी जिल्ला दोलखाका अधिकांश मतदाता जातीय आधारमा मत दिने पक्षमा रहेका छैनन् । थामी जातिको उद्गमस्थल भनेर चिनिने सुस्पा क्षमावती गाविसको राङ्राङथलीका उद्धव थामीले भने,‘हाम्रो गाउँको सडक जसले कालोपत्रे गर्न सहयोग गर्छ उसैलाई मत दिने छौँ ।’ ‘जातीय कुरा उठाई सहर...

प्रचण्ड प्रति बैद्यको प्रेम !

२०७० कार्तिक २३ गते ५:४०

चितवन, २३ कात्तिक–मोहन बैद्यले आफूलाई एउटै पार्टीमा रहदा र अहिले छुट्टा छुट्टै पार्टीमा रहँदा पनि सकारात्मक र नकारात्मक दुवै दृष्टिकोणबाट आफूलाई माया गरेको एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले बताएका छन । दैनिक १७ घण्टा खटिएर मेची महाकाली अभियानका क्रममा रहेका प्रचण्ड जहाँ पुगिरहेका छन त्यहाँ...

काँग्रेस र एमाले झडपमा ६ जना घाइते

२०७० कार्तिक २३ गते ५:२२

बाजुरा, २३ कात्तिक–मानाकोटमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप हँुदा दुवै पक्षका गरी ६ जना घाइते भएका छन् । चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानका क्रममा मानाकोट वडा– ३ घोगालामा दुई पक्षबीच शुक्रबार झडप हुँदा घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । मानाकोट गाविसका काँग्रेस उपसभापति मनबहादुर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us