अराजक गतिविधि गर्नेलाई समातेर बुझाऊ: कोइराला

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते ७:२३ मा प्रकाशित

नेपालगञ्ज, २३ कात्तिक– काँग्रेस ससभापति सुशील कोइरालाले कोइरालाले संविधानसभा निर्वाचन विथोल्ने उद्देश्यले हिंसक गतिविधि गर्नेलाई Sushil_koiralaनियन्त्रणमा लिएर प्रहरीमा बुझाउन जनतालाई अपिल गरेका छन् ।
नेपालगञ्ज विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आजका जनताले अराजक र हिंस्रक गतिविधि गर्नेलाई छुट नदिने चेतावनी दिए । उनले आतंकको बलमा चुनाव विथोल्ने कोसिस नगर्न पनि सम्वद्ध पक्षलाई सचेत गराए ।

कोइरालाले बम राखेर धम्काउने काम बन्द गर्न पनि भने ।
छिटपुट घटनाले संविधानसभा निर्वाचनमा अवरोध नपुग्ने दाबी सभापति कोइरालाको थियो । आसन्न संविधानसभा निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिन मतदातालाई कोइरालाले अपिल गरे ।
कोइरालाले लोकतान्त्रिक संविधानका लागि काँग्रेसलाई बहुमत चाहिएको बताए । काँग्रेसको बहुमत नआए फेरि पनि संविधान नबन्ने कोइरालाको भनाइ थियो । कोइराला राजधानीबाट आफ्नो निर्वाचन क्षेत्र बाँके–३ मा चुनाव प्रचारका लागि नेपालगञ्ज आइपुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us