प्रचण्ड प्रति बैद्यको प्रेम !

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते ५:४० मा प्रकाशित

चितवन, २३ कात्तिक–मोहन बैद्यले आफूलाई एउटै पार्टीमा रहदा र अहिले छुट्टा छुट्टै पार्टीमा रहँदा पनि सकारात्मक र नकारात्मक दुवै दृष्टिकोणबाट आफूलाई माया गरेको एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले बताएका छन । दैनिक १७ घण्टा खटिएर मेची महाकाली अभियानका क्रममा रहेका प्रचण्ड जहाँ पुगिरहेका छन त्यहाँ बैद्य नेतृत्वको नेकपा–माओवादीले रुख ढालेर,बम आतंक मच्चाएर र बन्द गराएर अवरोध सिर्जना गरिरहेका छन । ‘उहाँले मलाई पहिला पनि अति माया गरेर देउता झै ठान्नुहुन्थ्यो,अहिले पनि माया नै गर्नु भएको छ । म जहाँ पुग्छु त्यहाँ बन्द गराएर जनतालाई हाम्रो सभामा आउने वातावरण बनाइदिनु भएको छ,सडक सफा गरिदिनु भएको छ । त्यसका लागि उहाँलाई धन्यवाद छ’ हेटौडामा शनिवार आयोजित सभामा प्रचण्डले व्यङग्यात्मक शैलीमा भने । बैद्य नेतृत्वको माओवादीले प्रचण्ड र उनी निकटका नेताहरु बिरुद्ध लक्षित संघर्षका कार्यक्रम सञ्चालन गरिरहेको छ ।prachanda-baidhya प्रचण्डलाई अवरोध पुरयाउन बैद्यका कार्यकर्ताले शनिवार चितवनमा नौ वटा मोटर तोडफोड गरेका छन भने चार वटा बम बिष्फोट गराएका छन ।
प्रचण्डलाई लक्षित गरी चितवन बन्द

चितवन बन्दको पूर्वसन्ध्यामा बिहान करिब ४ बजेको समयमा भरतपुरको बालमन्दिर रोड र बालकुमारी कन्या क्याम्पस नजिकै ठूलो आवाजका साथ विस्फोट भएका छन् ।

यस्तै पूर्वी चितवनको पिठुवामा बाल्टिनमा भेटिएको शंकास्पद बस्तु बम नभएको नेपाली सेनाले स्पष्ट गरेको छ ।

वैद्य माओवादीले एमाओवादीको मेची–काली राष्ट्रिय जागरण अभियानअन्तर्गत भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने आमसभा बिथोल्न बन्द आह्वान गरिएको जनाएको छ । चुनावी सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम छ । सडकमा बन्दकर्ताको उपस्थिति कतै नदेखिए पनि नारायणगढ र भरतपुरलगायतका स्थानमा कमै संख्यामा सवारी साधन चलेका छन् ।

सशस्त्र र नेपाल प्रहरीेले स्कर्टिङ गरी राजमार्गमा लामो दूरीका यातायात सञ्चालन गराएका छन् । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था चुस्त पारिएको जनाएको  । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रद्युम्न कार्कीले सुरक्षामा कुनै कसर बाँकी नराखिएको जानकारी दिए ।

बजार तथा चोकचोकमा बाक्लो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा गरिएको अवरोध सुक्षाकर्मीले उज्यालो नहुँदै हटाएका छन् । निर्वाचन बहिस्कार अभियानमा रहेको वैद्य माओवादीले प्रचण्ड गएको जिल्ला बन्द गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us