समाचार

बन्दकर्तालाई सडकमा आउनै नदिने, देख्नेबित्तिकै समात्ने तयारी

२०७० कार्तिक २५ गते १:००

काठमाण्डु २५ कात्तिक– नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले निर्वाचन बिथोल्न भन्दै सोमबार आह्वान गरेको आमहडतालमा प्रहरीले बन्दकर्ताहरुलाई सडकमा आउनै नदिने तयारी गरेको छ । कडा सुरक्षा रणनीति तयार पार्दै प्रहरीले बन्दकर्तालाई जहाँ भेटे उहीँ समातिहाल्ने तयारी गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी गणेश केसीले जानकारी...

पत्रकारमाथि गोली हान्ने प्रयास

२०७० कार्तिक २४ गते १५:१७

धरान,  २४ कात्तिक – धरानका पत्रकार गोपाल देवानमाथि अज्ञात व्यक्तिले गोली हान्ने प्रयास गरेका छन् । स्थानीय विश्वस्त्र सूत्र साप्ताहिकका सम्पादक देवानमाथि आइतबार साँझ करिब सवा ७६ बजेको समयमा धरान चतरालाइनस्थित पत्रिकाको कार्यालयमा गोली हान्ने प्रयास भएको हो । प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई...

चुनौती चिर्न मन्त्रालयहरुमा छलफलको चटारो

२०७० कार्तिक २४ गते १३:०८

काठमाण्डु, २४ कात्तिक– संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुसँगै सरकारलाई जिम्मेवारी निर्वाहमा सकस पर्दै गएको छ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आमहडताल र यातायात बन्दको घोषणासँगै सरकारलाई निवाृचन सफल बनाउन झन् चुनोती थपिएको छ । यही चुनौतीलाई चिर्न मन्त्रालय तथा सरकारका अन्य विभिन्न...

१५ हजारका लागि अपहरणको नाटक गर्ने फन्दामा

२०७० कार्तिक २४ गते ११:५६

कञ्चनपुर, २४ कात्तिक– कञ्चनपुरको देखतभूलीको कालागौंडी क्षेत्रबाट मतदाता शिक्षा दिन जाँदै गरेका बेला अपहरणमा परेको भन्दै नाटक गर्ने पिपलाडी–७ असैनाका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन दिनअघि मतदाता शिक्षा दिन गएका पिपलाडी–७ असैनाका २४ वर्षीय मनोहर चन्दलाई दुई वटा मोटरसाइलमा आएका नकाबधारी...

बन्दको अवज्ञा गर्ने उद्योगी तथा नागरिक समाजको चेतावनी

२०७० कार्तिक २४ गते १०:४१

काठमाडौ, २४ कात्तिक– उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम शान्ति तथा बन्द विरुद्धको समन्वय समितिका संयोजक भाष्कर राज राजकर्णिकारले आफूहरुले जोसुकैले बन्द गरे पनि त्यसको अवज्ञा गर्ने चेतावनी दिएका छन् । उनले सोमबार हुने बन्दको विरोधमा आफूहरु प्रतिकात्मक रुपमा सडकमा उत्रने चेतावनी दिदै बन्द...

नेकपा-माओवादीद्वारा १ दिन आमहडताल, अन्य दिन यातायात बन्द

२०७० कार्तिक २४ गते ९:३२

काठमाण्डु २४ कात्तिक– नेकपा–माओवादीले नेतृत्वमा रहेको ३३ दलीय राजनीतिक मोर्चाले संविधानसभा निर्वाचन बिथोल्नका लागि घोषित कार्यक्रममा केही हेरफेर गरेको छ । माओवादीले २५ गते सोमबार मात्र देशैभर आमहडताल गर्ने बताएको छ । यसअघि मंसिर ४ सम्मै आमहडताल गर्ने घोषणा गरेको माओवादीले आइतबार पत्रकार सम्मेलन...

डिआइजी थापाको रिटमा सरकारलाई आदेश

२०७० कार्तिक २४ गते ९:३०

काठमाण्डु, २४ कात्तिक– सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्नु पर्नाको कारण स्पष्ट पार्न सरकारलाई आदेश दिएको छ । विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका अर्याललाई १५ दिनभित्र लिखित...

‘रुख चढाएर फेंद ढाल्ने धोकेबाज एमाले’

२०७० कार्तिक २४ गते ६:३०

कपिलवस्तु, २४ कात्तिक–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिमा स्पष्ट अडान नभएको नेकपा एमालेले नेपाल र नेपालीलाई धोका दिएको आरोप लगाएका छन् । एमालेसँग मिलेर बनेको आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रा कार्यक्रम ल्याए पनि एमालेकै कारण सफल हुन नसकेको उनले स्मरण गरे...

माओवादीबिना संविधान असम्भव : देउवा

२०७० कार्तिक २४ गते ६:२८

कञ्चनपुर, २४ कात्तिक–नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा निर्वाचनपछि नेकपा–माओवादीलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराइनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले आइतबार भीमदत्तनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले माओवादी पनि एक राजनीतिक शक्ति भएकाले उसबिना संविधान निर्माण गर्न नसकिने बताए...

एमाओवादी उम्मेदवार किराँतीमाथि गोली प्रहार

२०७० कार्तिक २४ गते ५:१५

खाँदबारी, २४ कात्तिक– एकीकृत नेकपा माओवादी संखुवासभा क्षेत्रनम्बर २ का उम्मेदवार राजेन्द्र किराँतीलाई गोली प्रहार भएको छ । जिल्लाको जलजला गाविस–२ मा चुनावी सभा सकेर फर्किने क्रममा शनिबार राती ९ बजेति किराँतीमाथि गोली प्रहार भएको हो । तर, गोली नलागेपछि उनी सकुशल छन् ।...

गणेशमानको ९८ औं जन्मजयन्ती आज

२०७० कार्तिक २४ गते ५:११

काठमाण्डु, २४ कात्तिक–२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको ९८ औं जन्मजयन्ती मनाइदैछ । जन्मजयन्तीको अवसरमा काठमाण्डुको शोभाभगवतीस्थित सिंहको सालिकमा विहान माल्र्यापण गरिएको छ । गणेशमान सिंहले १९९७ मा शोभाभगवतीबाट राजनीति सुरु गरी नेपाल प्रजापरिषद् मार्फत राणा विरोधी...

३३ दलीय मोर्चाको बैठक बस्दै

२०७० कार्तिक २४ गते ३:५५

काठमाण्डु, २४ कात्तिक– संविधानसभा निर्वाचनको विरोधमा उत्रिएको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको बैठक आइतबार बस्दै छ । चुनाव विरुद्धको आन्दोलनको स्वरुपबारे छलफल गर्न बैठक बस्न लागेको हो । काठमाण्डुको बुद्धनगरस्थित माओवादी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकले पूर्वघोषित आमहड्तालको कार्यक्रममा पुनर्विचार गर्ने नेताहरुले बताएका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us