पत्रकारमाथि गोली हान्ने प्रयास

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते १५:१७ मा प्रकाशित

धरान,  २४ कात्तिक – धरानका पत्रकार गोपाल देवानमाथि अज्ञात व्यक्तिले गोली हान्ने प्रयास गरेका छन् ।
स्थानीय विश्वस्त्र सूत्र साप्ताहिकका सम्पादक देवानमाथि आइतबार साँझ करिब सवा ७६ बजेको समयमा धरान चतरालाइनस्थित पत्रिकाको कार्यालयमा गोली हान्ने प्रयास भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई जनाले कन्चटमा गोली हान्न खोजेका थिए । देवान संघीय समाजवादी पार्टी सम्वद्ध संघीय प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष हुन् ।

देवानले आक्रमणकारीलाई चिन्न नसकिएको बताए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us