१५ हजारका लागि अपहरणको नाटक गर्ने फन्दामा

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ११:५६ मा प्रकाशित

kanchanpur_district_mapकञ्चनपुर, २४ कात्तिक– कञ्चनपुरको देखतभूलीको कालागौंडी क्षेत्रबाट मतदाता शिक्षा दिन जाँदै गरेका बेला अपहरणमा परेको भन्दै नाटक गर्ने पिपलाडी–७ असैनाका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तीन दिनअघि मतदाता शिक्षा दिन गएका पिपलाडी–७ असैनाका २४ वर्षीय मनोहर चन्दलाई दुई वटा मोटरसाइलमा आएका नकाबधारी समूहले अपहरण गरेको भन्ने कुरा नाटक मात्रै भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए । राष्ट्रिय अपाङ्ग महासङ्घ कञ्चनपुरको सामुदायिक परिचालकका रुपमा कार्यरत चन्दले संस्थाले कार्यक्रम आयोजना गर्न खर्च गर्न भनी दिएको रु १५्र हजार कार्यक्रम नगरी खर्च गरेर सिध्याएपछि अपहरणको नाटक गरेको उनले बतए ।

योजनाअनुरुप चन्द नेपालगन्जतर्फ लागेको र बिष्टले चन्द अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय झलारीमा झुटो जानकारी दिएको उनले बताए । उनका अनुसार अपहरणको खबर पाएपछि तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले दुई दिनसम्म चन्द र अपहरणकारीको वन क्षेत्रमा खोजी गर्दासमेत नभेटिएपछि खबर दिने बिष्टलाई केरकार गरिएको र उनले अपहरणको कुरा झुटो भएको बयान दिएको थियो ।

दुवैजना अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका छन् । दुवै जनामाथि अपहरणको नाटक गरी प्रहरीलाई झुक्याएको आरोपमा सार्वजनिक ऐनअन्र्तगत मुद्दा चलाउने तयारी भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us