काठमाण्डु, २५ कात्तिक– क्यान्सर रोगका उपचारसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्न नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर स्थापना गरिएको छ । क्यान्सरका रोगी विदेशी भूमिमा गएर उपचार गर्ने विद्यमान अवस्थालाई अन्त्य गर्न नेपालमा नै सुविधा सम्पन्न क्यान्सर अस्पताल स्थापना गरिएको हो । क्यान्सर रोग विशेषज्ञ,...
काठमाण्डु, २५ कात्तिक– काठमाण्डु–४ का एकीकृत माओवादीका युवा उम्मेदवार नन्दकिशोर पुन, पासाङले नेकपा–माओवादी नेतृत्वको मोर्चाले गरेको आमहड्तालका विरुद्ध मोटरसाइकल र्याली गर्दै बन्दको अवज्ञा गरेका छन् । बन्दको अवज्ञा स्वरुप निकालिएको मोटरसाइकल र्याली पश्चात पासाङले भने, ‘अवज्ञा आन्दोलनको सुरुवातसँगै हाम्रो विजय अभियान पनि हो ।’...
काठमाण्डु, २५ कात्तिक– गृह मन्त्रालयले निर्वाचन सुरक्षाका लागि काठमाण्डु उपत्यकाबाट ठूलो संख्यामा प्रहरी बाहिर पठाएको छ । प्रहरी प्रधान कार्यालयसहित उपत्यकाका तीन वटै परिसर, प्रभाग, वृत्त तथा महत्वपूर्ण सरकारी कार्यालय र संस्थानहरुको सुरक्षार्थ तैनाथ प्रहरीलाई विभिन्न जिल्लामा पठाइएको हो । उपत्यकाबाट निर्वाचन सुरक्षा ८...
चितवन, २५ कात्तिक–नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको आमहड्तालको प्रतिकारस्वरुप चितवनमा एकीकृत नेकपा माओवादीले मोटरसाइकल याली निकालेको छ । एमाओवादी निर्वाचन क्षेत्र नं ३ ले बन्दको विरोधस्वरुप याली निकालेको एमाओवादी चितवनका घनश्याम दाहाल अविनासले जानकारी दिए । नारायणगढको क्याम्पाचौरबाट सुरु भएको मोटरसाइकल याली...
काठमाण्डु, २५ कात्तिक–नेकपा माओवादीले आह्वान गरेको आमहड्ताल निस्तेज पार्न सरकारले देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ । काठमाण्डु उपत्यकाका ठाउँ ठाउँमा हतियार सहितका सुरक्षाकर्मी परिचालन भएका छन् । जबरजस्ती बन्द गराउँदै हिँड्ने ३२ जनालाई प्रहरीले काठमाण्डु उपत्यकाबाट पक्राउ गरेको छ । काठमाण्डुबाट १८ र...
काठमाण्डु, २५ कात्तिक–वैद्य माओवादी कार्यकर्ताले आमहड्ताल सफल पार्ने नाममा ठाउँ ठाउँमा बम र शंकास्पद बस्तु राखेका छन् । ‘खतरा’ लेखेर राखिएका ति बस्तुबाट सर्वसाधारण आतंकीत भएका छन् । धनकुटास्थित एमाओवादीको निर्माणाधिन कार्यालयमा सुतली बम विष्फोट भएको छ । बम विष्फोटबाट सामान्य क्षति भएको प्रहरीले...
काठमाण्डु–मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी,गृहमन्त्री माधव घिमिरे र प्रधानसेनापति गौरव शम्सेर राणाले नेकपा–माओवादी नेतृत्वमा भइरहेको निर्वाचन बहिस्कार आन्दोलनलाई निस्तेज पार्ने योजना बनाएका छन । मन्त्रिपरिषद अध्यक्ष रेग्मीको कार्यकक्षमा आइतवार भएको छलफलमा प्रधानसेनापति राणाको सुरक्षास्थितिको रिपोर्ट माथि समीक्षा गरी बहिस्कार अभियानलाई निस्तेज पार्ने योजना बनाइएको हो...
धरान, २५ कात्तिक–सुनसरी धरानका पत्रकार गोपाल देवान माथि आइतबार साँझ गोली हान्ने प्रयास भएको विरोधमा आइतबार सुनसरीका पत्रकारहरुले धरानमा मौन जुलुस निकालेका छन् । पत्रकार देवानलाई गोली हान्ने व्यक्तिको खोजी गरी कार्वाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै सुनसरीका पत्रकारहरुले मौन जुलुस निकालेका हुन् । ...
इलाम, २५ कात्तिक–पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष झलनाथ खनालको इलामस्थित घरमा अज्ञात समूहले आगजनी गरेको छ । साखेजुङ ४ मा रहेको घरको भुइँतलामा पेट्रोल छर्किएर आगजनी गरेको हो । आगजनीबाट घरमा सामान्य क्षति पुगेको छ । आइतबार राती ११ बजे केही व्यक्तिहरुले ‘घरमा को–को...
काठमाण्डु, २५ कात्तिक– वैद्य माओवादीले आह्वान गरेको बन्दको विरोधमा सर्वसाधारण सडकमा उत्रिएका छन् । दैलेखमा बन्दको प्रतिकार गर्दै बजार पसल सन्चालन भएका छन् । उदयपुरको गाइघाटमा स्थानीयवासी बजार खुलाउन र यातायातका साधन सन्चालनको आह्वान गर्दै सडकमा निस्किएका छन् । उदयपुर प्रशासनले पनि निर्भयपूर्वक बजार...
डोटी, २५ कात्तिक– एकीकृत नेकपा माओवादी डोटीका उम्मेदवार मोहन बममाथि अज्ञात समूहबाट आक्रमण भएको छ । आक्रमणबाट बमसहित १३ जना घाइते भएका छन् । घाइतेमध्ये बमको अवस्था गम्भीर छ । उनलाई उपचारकालागि अस्पताल भर्ना गरिएको छ । आक्रमणबाट एमाओवादीकी समानुपातिक उम्मेदवार कलावती ओझा पनि...
काठमाण्डु, २५ कात्तिक– आमहड्ताल आह्वान गरेका वैद्य माओवादी कार्यकर्ताले केही स्थानमा तोडफोड र आगजनी गरेका छन् । बन्दकर्ताले प्रेसलाई समेत आक्रमण गरेका छन् । काठमाण्डुको कोटेश्वरमा नागरिक पत्रिका बोकेको गाडिमा तोडफोड भएको छ । माओवादीले प्रेस, एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधानमा अवरोध नपुर्याउने बताए...