एमाले अध्यक्ष खनालको घरमा आगजनी

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ३:१९ मा प्रकाशित

Jhalanath-Khanalइलाम, २५ कात्तिक–पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष झलनाथ खनालको इलामस्थित घरमा अज्ञात समूहले आगजनी गरेको छ । साखेजुङ ४ मा रहेको घरको भुइँतलामा पेट्रोल छर्किएर आगजनी गरेको हो । आगजनीबाट घरमा सामान्य क्षति पुगेको छ । 

आइतबार राती ११ बजे केही व्यक्तिहरुले ‘घरमा को–को छौं उठ, घरमा आगो लाग्यो,’ भनेका थिए । राती घरमा रहेकी खनालकी भतिजी शान्ति अधिकारीका अनुसार आगो लाग्यो भन्ने सुनेपछि उठेर हेर्दा घरको भुइँतलाको पूर्वी भागमा आगो सल्किरहेको थियो । उनले अत्तालिँदै घरमा रहेका अरुलाई पनि उठाएर आगो निभाएका थिए ।

२००८ सालमा निर्मित खनालको ३ तले पूख्र्यौली घर चियाबारीको बिचमा छ । अहिले खनालको घरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

एमाले अध्यक्ष झलनाथ खनालले एकिकृत माओबादीलाई खहरे पार्टीको संज्ञा दिएका छन । एमाओवादीले पहिलो पार्टी बन्ने सपना देख्नु हुट्टिटयाउँले आकाश थाम्छु भने सरह भएको पनि खनालले बताए ।
सर्लाहीको भक्तिकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खनालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिचार र सिद्धान्तबिहीन नेताको संज्ञा दिए । प्रचण्डले मुलुकलाई सहि दिशामा अघि बढाउन नसक्ने उनको जिकिर थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us