समाचार

बन्दले चुनाव होइन दाहसंस्कार बिथोलियो

२०७० कार्तिक २६ गते ८:५९

धुन्चे, २६ कात्तिक– नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले निर्वाचन बिथोल्न गरेको यातायात बन्दले दाहसंस्कार समेत बिथोलेको छ । आफ्ना पिताको निधन हुँदा समेत बन्दका कारण निर्वाचन कार्यालयका एक कर्मचारी घर जान सकेका छैनन् । महोत्तरी घर भएका बिमलेसकुमार सिंहको पिताको सोमबार राति मृत्यु भएको...

उपत्यकाको जनजीवन सामान्य बन्दै,सात बन्दकर्ता पक्राउ

२०७० कार्तिक २६ गते ८:३५

काठमाण्डु, २६ कात्तिक –नेकपा–माओवादीसहितको  मोर्चाले आह्वान गरेको आमहडतालको दोस्रो दिन मंगलवार काठमाण्डु उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । निजी तथा सार्वजनिक सवारी साधन बाक्लो सङ्ख्यामा चलेका तथा शैक्षिक संस्था, उद्योग, कलकारखाना र सडक चोकका पसल  खुलेका छन् । साझा यातायातलगायत सार्वजनिक साधन चलिरहेका...

हिंसात्मक गतिविधिमा लागेको भन्दै नेकपा–माओवादीका सत्र कार्यकर्ताद्धारा पार्टी परित्याग

२०७० कार्तिक २६ गते ७:५५

मोरङ, २६ कात्तिक–हिंसात्मक गतिविधिमा लागेकोमा असहमति जनाउँदै नेकपा–माओवादीका १७ जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा–माओवादीका उत्तम ढुङ्गेलसहित १७ जना कार्यकर्ताले मंगलवार विराटनगरमा पत्रकारसम्मेलन गर्दै सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेहरुमा मोरङका वरिष्ठ सदस्य प्रदीपकुमार...

एमालेले भन्यो–हामी ६३ क्षेत्रमा हार्दैछौं

२०७० कार्तिक २६ गते ६:२९

काठमाण्डु, २६ कात्तिक–नेकपा एमालेले आगामी संविधानसभा चुनावमा ६३ क्षेत्रबाट हार्ने खुलासा गरेको छ । सबैजसो दलले चुनावमा आफ्नो जित सुनिश्चित भएको बताइरहेकोबेला एमालेले भने आफू हार्ने बताएको हो । विभिन्न अनलाइनमा आबद्ध सञ्चारकर्मीसँग मंगलबार विहान काठमाण्डुमा छलफल गर्दै एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका सचिवालय...

मिलिजुली सरकार नबनोस् : प्रचण्ड

२०७० कार्तिक २६ गते ५:५९

कैलाली, २६ कात्तिक–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतको पाठ सिकेर क्रान्तिकारी र परिवर्तनकारी शक्तिलाई दुई तिहाइ बहुमत दिन अपील गरेका छन् । देशलाई आर्थिक समृद्धिमा लैजान स्थीर सरकार चाहिने र स्थीर सरकारकालागि दुई तिहाई बहुमत चाहिने भन्दै उनले यसपाली मिलिजुली सरकार बन्ने अवस्था आउन...

‘एमाओवादी र एमालेले वैद्यलाई समेट्न मानेनन्’

२०७० कार्तिक २६ गते ५:५७

धनगढी, २६ कात्तिक–नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा चुनावमा वैद्य माओवादी नेतृत्वको मोर्चालाई पनि समेट्न एमाओवादी र नेकपा एमालेले असहमति जनाएको आरोप लगाएका छन् । उनले संविधानसभा चुनावपछि आन्दोलनरत नेकपा–माओवादीलाई पनि संविधान लेखन प्रकृयामा सहभागी गराइने बताए । ‘पहिला पनि माओवादीको भावनालाई समेटेर...

‘महाकालीको राष्ट्रघातसगै एमालेको सुर्य अस्तायो’

२०७० कार्तिक २६ गते ५:०५

राजेश भण्डारी म्याग्दी,२६ कात्तिक–एकिकृत नेकपा माओवादीका बरिष्ठ केन्द्रिय सदस्य लोकेन्द्र विष्ट मगरले पुर्वको झापाबाट उदाएको सुर्य महाकालीको राष्ट्रघातस“गै पश्चिम नेपालमा पुगेर अस्ताईसकेको बताएका छन् । मंगलवार म्याग्दीको ज्यामरुककोटमा आयोजित सभालाई संवोधन गर्दै विष्टले किसान र मजदुरको सच्चा सहयात्री एमाओवादीको ह“सिया–हथौडा नै भएको दावी गरे...

काँग्रेस कार्यकर्ताबाट एमाओवादी कार्यकर्तामाथि आक्रमण

२०७० कार्तिक २६ गते ४:५६

विदुर, २६ कात्तिक– नुवाकोटको सामरीमा काँग्रेस कार्यकर्ताको आक्रमणमा एकीकृत माओवादीका तीन कार्यकर्ता गम्भीर घाइते भएका छन् । आक्रमणमा आफ्ना सामरी गाउँ कमिटी अध्यक्ष ६२ वर्षीय रामेश्वर खड्का तथा उनका छोराहरु रघुनाथ र मच्छिन्द्र खड्का घाइते भएको माओवादीले जनाएको छ । तीनै जनाको टाउको र...

बन्दको प्रतिकार गर : यमी

२०७० कार्तिक २६ गते ४:४८

काठमाण्डु, २६ कात्तिक–एकीकृत नेकपा माओवादी नेतृ हिसिला यमीले ३३ दलीय मोर्चा अग्रगामी संविधान र संघीयता विरोधी भएको आरोप लगाउँदै बन्दको प्रतिकार गर्न सबैलाई आग्रह गरेकी छन् । काठमाण्डु क्षेत्र नं. ७ अन्तर्गत बाङ्गेमुढा क्षेत्रमा घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै यमीले चुनावविरुद्ध बन्द हड्तालमा उत्रिएर मोर्चाले...

यातायात व्यवसायीबाट बन्दको अवज्ञा

२०७० कार्तिक २६ गते ४:३०

काठमाण्डु, २६ कात्तिक– नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको बन्दबाट आजित सर्वसाधारणले बन्दको अवज्ञा गर्न थालेका छन् । काठमाण्डु उपत्यकालगायत देशभरका जिल्लामा यातायात बन्दको आंशिकमात्रै प्रभाव परेको छ । काठमाण्डुमा सोमबारको तुलनामा सवारीका साधन धेरै चल्न थालेका छन् । सडकमा माइक्रो बस, साझा बस, ट्याक्सी,...

चुनाव विथोल्न भन्दै भारतबाट नेपाल छिरेका व्यक्ति हतियारसहित पक्राउ

२०७० कार्तिक २६ गते ४:१३

राजविराज, २६ कात्तिक– चुनाव विथोल्न भारतबाट नेपाल छिरेका भुमिगत समूह अखिल तराई मुक्ति मोर्चा गोइत समूहका एक व्यक्तिलाई प्रहरीले मंगलबार विहान हतियार सहित पक्राउ गरेको छ । सप्तरीको गोबरगाढास्थित नेपाल–भारत सीमा क्षेत्रबाट मोर्चाका एरिया इन्चार्ज प्रदीप मुखिया विहान २ बजे हतियारसहित पक्राउ परेका हुन्...

जताततै बम आतंक, एमाले नेताको घरमा पनि बम

२०७० कार्तिक २६ गते १:५६

काठमाण्डु, २६ कात्तिक– काठमाण्डुको सामाखुसी चोकमा मंगलबार विहान सुतली बम फेला परेको छ । सो बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।यसैगरी नेकपा एमाले नेता भीम आचार्यको सुनसरीस्थित घरमा फेला परेको बम नेपाली सेनाको टोलीले मंगलबार बिहान निष्कृय पारेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us