‘महाकालीको राष्ट्रघातसगै एमालेको सुर्य अस्तायो’

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ५:०५ मा प्रकाशित

राजेश भण्डारी
म्याग्दी,२६ कात्तिक–एकिकृत नेकपा माओवादीका बरिष्ठ केन्द्रिय सदस्य लोकेन्द्र विष्ट मगरले पुर्वको झापाबाट उदाएको सुर्य महाकालीको राष्ट्रघातस“गै पश्चिम नेपालमा पुगेर अस्ताईसकेको बताएका छन् । मंगलवार म्याग्दीको ज्यामरुककोटमा आयोजित सभालाई संवोधन गर्दै विष्टले किसान र मजदुरको सच्चा सहयात्री एमाओवादीको ह“सिया–हथौडा नै भएको दावी गरे । Lokendra
एमाओवादी म्याग्दीका उम्मेद्वार विष्टले केन्द्रिकृत र एकात्मक शासन ब्यवस्थाको कारण जनता अहिले पनि पिडामा रहेको भन्दै सुनौलो भविष्यका लागी संघिय शासन लागु गर्नुपर्ने बताए । उनले भने‘एमाओवादी सहयोगात्मक र मैत्रिपुर्ण ढंगले प्रतिस्पर्धात्मक शासन प्रणाली लागु गर्न चाहन्छ ।’
पुर्व मन्त्री समेत रहेका विष्टले गणतन्त्र र संविधानसभा विरोधी छवि बनाएका एमाले र कांग्रेस लगायतका दलले संघीय शासनको बारेमा सोच्नै नसक्नु ‘दिमागी गरीबी’ को उपज भएको बताए । संघियता,गणतन्त्र,धर्मनिरपेक्षता,समावेशी र समानुपातीक प्रतिनिधित्वको मुद्धा माओवादीले जसरी पनि संस्थागत गर्ने भन्दै उनले पहिले जस्तै खिचडी संविधानसभा बनेमा फेरी पनि संविधान निर्माण हुनेमा आशंका ब्यक्त गरे ।
म्याग्दीको चुनावी मैदानमा रहेका केहि दलका उम्मेद्वारहरु चुनाव प्रचारमा आफ्नो एजेन्डा प्रस्तुत गर्नुको साटो मेलापर्व,क्लव र आमासमुह लागयतलाई पैसा बा“ड्नमा ब्यस्त रहेको सुचना आफुले पाएको भन्दै उनले त्यस्ता नेतालाई निरुत्साहीत गर्न आग्रह गरे । उनले भने‘मत किन्न खोज्नेलाई अस्विकार गर्दै स्पष्ट नीति सहितको विचार र नेतृत्व छनोट गर्नुस ।’
मगरा“त राज्य समितीको ईन्चार्ज समेत रहेका विष्टले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको वृद्धा भत्ता आफ्नो पार्टिको सरकारले बढाएर पा“च सय पु¥याएको भन्दै आगामी दिनमा त्यो रकमलाई दुईहजार पु¥याउने माओवादीको लक्ष्य रहेको उद्घोष गरे । संविधानसभाको निर्वाचनमा आफुले जित हात पारेपछि पहिले संविधान निर्माणमा केन्द्रित हुने र संविधान बनेपछि त्यसैको परिधिमा रहेर विकासको काममा केन्द्रित हुने भन्दै विष्टले म्याग्दीमा सड्क सञ्जाल र पर्यटन विकासका लागी आफुले सकेसम्म पहल गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us